News Category 2071/01/23
राजविराजमा यातायात कार्यालय स्थापना गर्न माग
दैनिक संवाददाता
राजविराज, २२ वैशाख ।
सगरमाथा यातायात संघ सप्तरीले राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्न माग गरेको छ ।
राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सगरमाथा यातायात संघका अध्यक्ष नुरुलहोदा अन्सारीले राजविराजमा रहेको यातायात व्यवस्था कार्यालयलाई गत २०४१ सालमै सारिएर लहान लगिएपनि अहिलेसम्म अर्काे व्यवस्था नमिलाउँदा यातायात व्यवसायीहरु समस्या परेको बताउनुभयो ।
सगरमाथा अञ्चलकै सदरमुकाम राजविराज रहेपनि अन्यायपुर्वक सरकारले यहाँबाट यातायात व्यवस्था कार्यालय लहान सारिएको तीन दशक बितिसक्दाँ समेत अर्काे कुनै व्यवस्था नमिलाउँदा यातायात व्यवसायहरुलाई समस्या हुँदै आएको अन्सारीले बताउनुभयो ।
सवारी साधनको नाम सारि गराउन, नविकरण गराउन, चालक अनुमति पत्र नविकरण गराउन लगायतका काम गराउन एकतिर बढीसमय खर्च गर्नुपर्ने बाध्यता छन् भने अर्काेतिर रकम खर्चिनुपर्ने र सानो कामका लागि पनि दिनभरी हैरानी बेहोर्नुपर्ने बाध्यता रहेको अध्यक्ष अन्सारीले गुनासो गर्नुभयो ।
२०४१ सालमै बिरगंजबाट हेटौडा सारिएको यातायात ब्यवस्था कार्यालय यातायात व्यवसायीहरुको आन्दोलन पश्चात बिरगंजका व्यवसायीहरुको समस्यालाई मध्यनजर गरी बिरगंजमा यातायात व्यवस्था कार्यालयको शाखा कार्यालय स्थापना गरिएपनि सोही बर्ष राजविराजबाट यातयात कार्यालय सारिएपनि राजविराजमा अझै यातायात व्यवस्थाको शाखा कार्यालय स्थापना गर्न नसकेको गुनासो पोख्दै अध्यक्ष अन्सारीले राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना नभए आन्दोल गर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ