News Category 2070/03/11
अभिभावकहरु नै विद्यालयमा ताला लगाएपछि विद्यार्थीहरु शिक्षा कार्यालयमा
दैनिक संवाददाता
राजविराज, १० असार ।
सप्तरी जिल्लाको अध्ययन, अध्यापन चौपट बन्दै जाँदा विद्यार्थीहरु चिन्तित भएका छन् । अभिभावक, शिक्षकसहित सरोकारबालाहरु तहसनहस बन्दै गएको शिक्षाप्रति कुनै किसिमको चासो नदेखाएर आफ्नै तालमा मस्त हुन थालेपछि विद्यार्थीहरु जाग्न थालेका छन् ।
सप्तरीको नर्घाे गाविसका विद्यार्थीहरु अभिभावक, शिक्षकहरुको व्यबहारबाट रुष्ट बन्दै पढाईबारे सोमबार जिल्ला शिक्षा कार्यालयमा जानकारी गराएका छन् । विद्यार्थीहरुले ठोस ढँगले अबिलम्ब अध्ययन, अध्यापन गरिनुपर्ने र भइरहेको राजनीतिक बन्द गरिनुपर्ने माग गरेका छन् ।
नर्घाे ७ स्थित जनता शंकर उच्च माविको कक्षा १० मा अध्ययन गर्ने करिब एक दर्जन विद्यार्थीहरु चर्काे घामको वास्ता नगरी शिक्षा कार्यालय आए र भने, ‘‘शिक्षकहरु कहिल्यै पनि पढाउँदैनन् । अभिभावकहरु आफ्नो स्वार्थ पूर्तीका लागि विद्यालयमा एक साताअघि ताला लगाइदिएका छन् । प्रधानाध्यापक त कहिल्यै पनि आउँदैनन् ।’’
विद्यार्थीहरुबीच भएको सामान्य विवादलाई लिएर अभिभावकहरुले विद्यालयमा गत मंगलबार ताला लगाएका छन् । विद्यार्थी रामकुमार साहले भने, ‘‘अभिभावकहरुले नै यस्तो गरेपछि हामी के पढ्छौं ?’’
जिल्ला शिक्षा कार्यालयमा शिक्षा अधिकारी अनुपस्थित थिए । विद्यार्थीहरुले विद्यालय निरीक्षक सुृरेश सिंहलाई समस्याबारे अवगत गराए । समस्या बताउने क्रममा अर्का विद्यार्थी सुन्द्रकुमार मण्डलले भने, ‘‘भएका शिक्षकहरु कहिल्यै पढाउँदैनन् । सात घण्टीसम्म पढाई भएको उदाहरणै छैन् ।’’
विद्यार्थीहरुले नयाँ शैक्षिक सत्र शुरु भएको तीन महिना बित्न लाग्दा पनि पाठ्यपुस्तक उपलब्ध नगराएको समस्या समेत बताए । प्रधानाध्यापक मिश्रीलाल साहले पाठ्यपुस्तकका लागि शिक्षा कार्यालयले रकम नदिएको भन्दै आइरहेको विद्यार्थीहरुको भनाई छ ।
विद्यार्थीहरुको समस्या सुन्दै विद्यालय निरीक्षक सिंहले यसबारेमा अबिलम्ब अनुगमन गरी समस्याहरुको समाधान गर्ने प्रतिबद्धता दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ