News Category 2071/01/24
प्रधानमन्त्रीको सुस्त कार्यशैलीका कारण सरकारले सोचे जस्तो काम गर्न सकेको छैन् ः मन्त्री आचार्य
दैनिक संवाददाता
राजविराज, २३ बैशाख ।
पर्यटनमन्त्री भीमप्रसाद आचार्यले प्रधानमन्त्रीको सुस्त कार्यशैलीका कारण सरकारले सोचे जस्तो काम गर्न नसकेको बताउनुभएको छ ।
नेकपा एमाले सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्नुहुँदै मन्त्री आचार्यले प्रधानमन्त्रीमा निर्णय क्षमताको आभाव र संकुचित बिचारका कारण सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताउनुभयो ।
प्रधानमन्त्रीसँग सरकार सञ्चालन गर्ने अनुभव छैन्, मन्त्री आचार्यले भन्नुभयो–‘‘ प्रधानमन्त्रीसँग निर्णय क्षमता पनि छैन्, त्यसैले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको हो ।”
उहाँले वर्तमान सरकारको पहिलो प्राथमिकता संबिधान निर्माण भएकाले अबको एकबर्षभित्र सकेसम्म सहमतिबाट नभए बहुमतिय प्रक्रियाबाट संबिधान जारी गरिने बताउनुभयो ।
कसैको कारणले अब संबिधान निर्माण प्रक्रिया रोकिदैन्, मन्त्री आचार्यले भन्नुभयो–‘‘ सहमतिको नाममा अब पर्खेर बस्न सकिदैन्, सकेसम्म सहमतिबाट संबिधान ल्याउने प्रयास हुन्छ नभए बहुमतिय प्रक्रियाबाट संबिधान ल्याईनेछ ।”
एमाओवादीको मुुलुकलाईउ अस्थिरता राख्ने राजनीति र नेपाली काँग्रेसको यथास्थितिबादी राजनीतिक चिन्तन संबिधान निर्माणका लागि बाधक रहेको बताउनुहुँदै मन्त्री आचार्यले यी दुईटैलाई सही ढंगले व्यवस्थापन गरी संबिधान जारी गर्ने बताउनुभयो ।
अरु मुलुकको नक्कल गरेर नभई मुलुकको बिशिष्टताको आधारमा संघीयतामा जानुपर्नेमा जोड दिनुहुँदै मन्त्री आचार्यले जनताको पहुँच हुनेगरी संघीय राज्य निर्माण हुनुपर्ने बताउनुभयो ।
नेकपा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपानेको अध्यक्षतामा आयोजित भेलामा एमालेका राष्ट्रिय परिषद् सदस्यहरु सुमनराज प्याकुरेल, उषा पोखरेल, मुरारी कार्की, एमाले सप्तरीका उपाध्यक्ष अब्दुल मज्जिद साकिर लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ