News Category 2071/01/25
सशस्त्र प्रहरीद्वारा ७ हजार १ सय किलो स्याउसहित तथा दुई मिनी ट्रक नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, २४ बैशाख ।
सशस्त्र प्रहरीले अवैध तरिकाबाट भारततर्फ लैजादै गरेको ७ हजार १ सय किलो स्याउ सहित दुई वटा मिनि ट्रक नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरीको गस्ती टोलीले बुधबार बिहान भारतीय सिमावर्ती क्षेत्रमा पर्ने सप्तरीको रामनगर कोदरकट्टी गाविसबाट दुई वटा मिनी ट्रकमा भारततर्फ लैजाँदै गरेको ७ हजार १ सय किलो अबैध स्याउ नियन्त्रण लिएको हो ।
सशस्त्र प्रहरी बेश क्याम्प रामनगर कोदरकट्टीबाट खटिएको गस्ती टोलीले अबैध रुपमा भारततर्फ स्याउ लैजाँदै गरेको सुचनाको आधारमा करिब २८ लाख ५२ हजार मुल्य बराबरको ३ सय ५५ काटुन स्याउ नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरिक्षक अभिकुमार खत्रीले जानकारी दिनुभयो ।
नेपालबाट अबैध रुपमा को.१ख ३४४२ तथा को.१ ख ३३८० नम्बरको मिनी ट्रकमा लैजाँदै गरेको अवस्थामा मिनी ट्रक सहित स्याउ नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक खत्रीले बताउनुभयो ।
नियन्त्रणमा लिइएको मिनी ट्रक र दुबै ट्रकका चालकहरु मोरङको इन्द्रपुर गाविस–३ निवासी धनबहादुर तामाङ र मोरङको बिराटनगर उपमहानगरपालिका–७ निवासी निश्चल पौडेल तथा स्याउ आवश्यक कार्वाहीका लागि जिल्ला भन्सार कार्यालय बेल्ही पठाइएको खत्रीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ