News Category 2077/03/02
प्रदेश नं २ मा रु ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
जनकपुरधाम, २ असार (रासस) ।
प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशसभाको सोमबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७७÷०७८ का लागि सार्वजनिक गर्नुभएको बजेटमा चालूतर्फ रु १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५) प्रतिशत र पूँजीगततर्फ रु १७ अर्ब ९८ करोड ८२ लाख (५३.६७) र वित्तीय व्यवस्थातर्फ रु १६ करोड (०.४८ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
आयतर्फ आन्तरिक स्रोतबाट रु १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारबाट अनुदान रु १३ अर्ब ४० करोड ५९ हजार र नगद मौज्दात रु छ अर्ब ९१ करोड २९ हजार विनियोजन गरिएको छ । अपुग रु एक अर्ब अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्थाबमोजिम नेपाल सरकारसँग ऋण लिइ पूर्ति गरिने अनुमान गरेको मन्त्री यादवले जानकारी दिनुभयो ।
सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु दुई अर्ब ३५ करोड रकम विनियोजन गरिएको छ भने विपद् व्यवस्थापनका लागि रु पाँच करोड र कुपोषण न्यूनीकरणका लागि रु दुई करोड विनियोजन गरिएको छ । यसैगरी ‘बेटी पढाऊ, बेटी पढाऊ’ कार्यक्रमलाई निरन्तरता दिँदै २५ हजार छोरीलाई शिक्षा बीमा, मुद्दती कार्यक्रमका लागि रु ३० करोड ६४ लाख ७७ हजार र अन्य कार्यक्रमका लागि रु २४ करोड ८६ लाख विनियोजन गरिएको छ । स्वास्थ्य शिक्षा, कृषि, सूचना प्रविधिमा जोड दिँदै सरकारले गुणस्तरीय शिक्षाका लागि रु दुई करोड विनियोजन गरेको छ । त्यस्तै कोरोना भाइरस महामारी नियन्त्रण गर्न, कृषि क्षेत्रलाई आधुनिकीकरण, पर्यटनलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ