News Category 2077/03/05
मलखादको अभावले खेतीमा असर पुग्ने सम्भावना
कोरोना भाइरसको त्रासले मुलुक विभिन्न समस्याले गुज्रिरहेको अवस्थामा अहिले किसानहरुलाई खेती गर्न समेत धौं धौं भइरहेको छ । कोरोनाको कहरले झण्डै तीन महिना लकडाउन भएको नेपालमा असार महिना लाग्ने बित्तिकै खेती गर्न किसानहरु लागिपरेका छन् । जलश्रोतको धनी भनिने नेपालमा खेती गर्न सिचाईको उचित व्यवस्था हुन सकेको छैन् । नेपालमा आकाशे पानीकै भरमा खेती हुने गरेको छ । यी विधमान समस्या हुँदा हुँदै दशकौंदेखी किसानहरुले भोगिरहेको अर्को समस्या हो मलखादको ।
सरकारले मलखादको आपूर्ती गर्न नसक्दा किसानहरु सोझै मारमा पर्ने गरेका छन् । सरकारले खेती गर्न चाहिने मलखादको व्यवस्था गर्न नसक्दा यहाँका किसानहरु भारतीय मलखादको भरमा खेती गर्न बाध्य हुने गरेका छन् । अहिले कोरोनाका कारण भारतीय नाकाहरु बन्द रहेको बेला नेपालमा पाइने मलखाद सरकारी मुल्य भन्दा दोब्बरमा पनि पाउन सकिरहेका छैनन् । यता कालाबजारी गर्नेहरुले सरकारी कर्मचारीको मिलोमतोमा सरकारी मलखाद आफ्नो गोदाम भरिरहेका छन् । सोही मलखाद ती गरिब किसानहरुले अहिले बढी मुल्य तिरेर पनि पाउने अवस्था छैन् ।
तसर्थ सरकारले यस्ता समस्याको समाधान गरेर कालाबजारी गर्नेहरुलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न अग्रसरता देखाउनु जरुरी छ । होइन् भने मलखादकै अभावले आउने दिनमा कृषी उत्पादनमा कमी आउने कुरामा दुइमत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ