News Category 2071/01/31
अख्तियार पसेपछि जिशिका सप्तरी अहिले सुनसान
दैनिक संवाददाता
राजविराज, ३० बैशाख ।
केही दिनअघिसम्म शिक्षकहरुको भिड्भाड् रहने जिल्ला शिक्षा कार्यालय सप्तरी अहिले सुनसान देखिएको छ । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीमा कार्यरत तत्कालिन तीन जिशिअसहित १४ जनामाथी विशेष अदालतमा मुद्दा दायर गरेपछि यस कार्यालय सुनसान देखिएको हो ।
मुद्दा दायर गरेपछि अहिले जिल्ला शिक्षा कार्यालय सप्तरीमा चहलपहल समेत कम भएको छ । यता लेखापाल तथा विद्यालय निरिक्षकलाई अख्तियारले पक्राउ गरेपछि विद्यालयको विभिन्न कामहरु प्रभावित समेत भएको छ । सम्बनधीत फाँटका व्यक्ति नभेटिएपछि शिक्षकहरु निरास भएका फर्किन बाध्य भएका छन् ।
आर्थिक वर्ष बित्न दुई महिना मात्र बाँकी रहदा तथा विद्यार्थी भर्ना अभियान चलिरहदा आफ्नो विद्यालयको प्रगति विवरण लिएर जाँदा सम्बन्धीत व्यक्ति नभेटिएकोले आफू फर्किन बाध्य भएको एक शिक्षकले जानकारी दिए ।
आर्थिक बर्ष २०६४÷०६५ देखि २०६८÷०६९ सम्ममा सप्तरीको गम्हरिया प्रवाहस्थित नेपाल राष्ट्रितस्य प्राथमिक बिद्यालयमा भौतिक संरचना निर्माण, मर्मत, कम्प्युटर खरिद, समुदाय व्यवस्थापन, छात्रबृति बितरण, खाजा बितरण लगायतका शिर्षकमा निकासा भएको रकम हिनामिना गरेको अख्तियारले आरोप लगाएको छ ।
४९ लाख ५२ हजार १ सय ५२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको सजाय मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले सप्तरीका तत्कालिन जिशिअहरु केदार तिवारी, शत्रुधन प्रसाद यादव, दोलराज पाण्डे, तत्कालिन लेखापाल गणेश कटुवाल, श्रोतव्यक्ति सुनीलकुमार प्रसाद, सव–इन्जिनियरहरु योगेशकुमार साह, उपेन्द्रप्रसाद साह, भुपेन्द्र प्रसाद यादव, हालका निमित्त प्रधानाध्यापक सत्यनारायण पासवान र तत्कालिन प्रधानाध्यापक चन्द्रदेवकुमार यादव, लेखाअधिकृत कामेश्वर साह, सव–इन्जिनियर विनोदकुमार सिंह, कार्यक्र अधिकृत विजयकुमार मण्डल र श्रोतव्यक्ति रासिन्द्रप्रसाद यादवलाई पक्राउ गरि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यसअघि बिद्यालयको २९ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २०६९ माघ २ गते सप्तरीको बिसहरिया–४ स्थित महावीर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार यादव र बिद्यालयमा आएको ९ लाख रुपैयाँ अनियमिता गरेको भन्दै सप्तरीको भगवतपुर गाविसस्थित भगवती राप्राविका प्रअ नागेश्वर मण्डलबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ