News Category 2071/02/01
तराई मधेशमा ३ प्रदेशको प्रस्तावलाई नेकपा संयुक्तद्वारा निरन्तरता
दैनिक संवाददाता
राजविराज, ३१ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी संयुक्तका केन्द्रिय अध्यक्ष चन्द्रदेव जोशीले तराई मधेशमा ३ र हिमाल पहाडमा ६ प्रदेश गरि ९ प्रदेश बनाउने आफ्नो प्रस्तावलाई पार्टीले निरन्तरता दिएको जानकारी दिनु भएको छ ।
राजविराजमा सम्पन्न राष्ट्रिय परिषद्को चौथो बैठकको समापनपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जोशी सो कुराको जानकारी दिदै पार्टीको ९ औं विशेष महाधिवेशन २०७१ चैतमा हुने बताउनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले प्रदेशहरुभित्र आवश्यकता अनुसार स्थानीय स्वायत्त स्वशासित क्षेत्र, विशेष क्षेत्र तथा इकाईहरु विभाजन गर्ने दृष्टिकोणलाई पुनः अघि सारेको बताउनुभयो ।
पार्टीले लोकतान्त्रिक संसदीय परिपाटी, मानवअधिकार, न्यायिक स्वतन्त्रता तथा शान्तिपूर्ण जनआन्दोलन मार्फत समाजवादोन्मुख राज्य व्यवस्था कायम गर्ने कार्यनीति लिएको जानकारी दिँदै उहाँले अन्य वामपन्थी दलहरुले समेत यस कार्यनीतिलाई स्वीकार्ने तिर अगाडी बढेको स्पष्ट पार्नुभयो ।
उहाँले यस्ता नीतिहरुलाई स्वीकारेका वामपन्थी दलहरुबीच ध्रुबीकरणको सम्भावनाको साथ साथै वाम एकताको सम्भावनालाई समेत बढाएको जिकिर गर्नुभयो ।
यस्तै सोही पत्रकार सम्मेलनमा पार्टीका महासचिव सुनिल मानन्धर, केन्द्रिय सचिवालय सदस्य तथा जनवर्गिय संगठन विभाग प्रमुख ठाकुर शर्मा, केन्द्रिय सचिवालय सदस्य तथा सप्तरीका अध्यक्ष मदनमोहन चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ