News Category 2071/02/02
सप्तरीका तत्कालिन चार जिशिअ, दुई लेखापाल, दुई कार्यक्रम अधिकृत सहित २१ जना अख्तियारको घेरामा
दैनिक संवाददाता
राजविराज, १ जेठ ।
भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीमा कार्यरत तत्कालिन चार जिशिअसहित २० जनामाथी विशेष अदालतमा मुद्दा दायर तथा निलम्बन गरेको छ ।
सप्तरीका तत्कालिन जिशिअहरु दोलराज पाण्डे, शत्रुधन प्रसाद यादव र केदार तिवारीविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको छ भने रुद्रहरी भण्डारीलाई भ्रष्टाचारको अभियोग लगाई निलम्बन गरेको छ ।
यस्तै वर्तमान सहायक जिशिअ रामदेव चौधरी, कार्यक्रम अधिकृत फाल्गुनी काफ्ले र लेखापाल जनकबहादुर खड्का निलम्बनमा परेका छन् ।
यस्तै लेखापाल गणेश कटुवाल, श्रोतव्यक्ति सुनीलकुमार प्रसाद, सव–इन्जिनियरहरु योगेशकुमार साह, उपेन्द्रप्रसाद साह, भुपेन्द्र प्रसाद यादव, हालका निमित्त प्रधानाध्यापक सत्यनारायण पासवान र तत्कालिन प्रधानाध्यापक चन्द्रदेवकुमार यादव, लेखाअधिकृत कामेश्वर साह, सव–इन्जिनियर विनोदकुमार सिंह, कार्यक्रम अधिकृत विजयकुमार मण्डल र श्रोतव्यक्ति रासिन्द्रप्रसाद यादवलाई गम्हरिया प्रवाहस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय र गम्हरिया प्रवाहा वडा नं. ८ स्थित सामुदायिक राप्रावि विषहरियाका प्रअ कुशेश्वर साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद साह तेली र मिथिलेश्वर साहविरुद्ध समेत मुद्धा दायर भएको छ ।
यता निलम्बनमा परेका तत्कालिन जिशिअ रुद्रहरी भण्डारी, वर्तमान सहायक जिशिअ रामदेव चौधरी, कार्यक्रम अधिकृत फाल्गुनी काफ्ले र लेखापाल जनकबहादुर खड्कालाई अख्तियारले गम्हरिया प्रवाहा वडा नं. ८ स्थित सामुदायिक राप्रावि विषहरियाका प्रअ कामेश्वर साहलाई १ लाख २७ हजार ६ सय २४ रुापैया तलब निकासा गरेको भन्दै निलम्बन गरेको श्रोतले जनाएको छ ।
बाँकी पक्राउ परेकाहरुले आर्थिक बर्ष २०६४÷०६५ देखि २०६८÷०६९ सम्ममा सप्तरीको गम्हरिया प्रवाहस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा भौतिक संरचना निर्माण, मर्मत, कम्प्युटर खरिद, समुदाय व्यवस्थापन, छात्रबृति बितरण, खाजा बितरण लगायतका शिर्षकमा निकासा भएको रकम हिनामिना गरेको अख्तियारले आरोप लगाएको छ ।
४४ लाख ८० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको सजाय मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ । यता अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले सप्तरीका अन्य बिद्यालयहरुमा भएको भ्रष्टाचारको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
यसअघि बिद्यालयको २९ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २०६९ माघ २ गते सप्तरीको बिसहरिया–४ स्थित महावीर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार यादव र बिद्यालयमा आएको ९ लाख रुपैयाँ अनियमिता गरेको भन्दै सप्तरीको भगवतपुर गाविसस्थित भगवती राप्राविका प्रअ नागेश्वर मण्डलबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ