News Category 2071/02/03
अनौपचारिक शिक्षा र साक्षरता अभियान कार्यक्रम पूर्णरुपले प्रभावित, कर्मचारी अभावले प्रावि शिक्षकको अन्तरवार्ता लिन कठिनाई
दैनिक संवाददाता,
राजविराज, २ जेठ ।
सधै शिक्षकहरुको भिड्भाड् देखिने जिल्ला शिक्षा कार्यालय सप्तरी सुनसान देखिएको छ ।
भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीमा कार्यरत तत्कालिन चार जिशिअसहित २१ जनामाथी विशेष अदालतमा मुद्दा दायर तथा निलम्बन गरेपछि कार्यालय सुनसान देखिएको हो ।
यता कार्यालय सुनसान भएको छ भने शिक्षा कार्यालय मार्फत संचालन भइरहेको अनौपचारिक शिक्षा कार्यक्रम तथा साक्षरता अभियान नेपाल कार्यक्रम समेत प्रभावित बन्न पुगेको छ ।
गत वर्ष २०७० साल पुस महिनादेखी संचालित अनौपचारिक शिक्षा कार्यक्रम र सोही वर्ष फागुन महिनादेखी संचालित साक्षरता अभियान कार्यक्रम पूर्ण रुपले प्रभावित भएको छ ।
दुबै कार्यक्रम हेर्ने कार्यक्रम अधिकृत बिजय कुमार मण्डललाई अख्तियारले नियन्त्रणमा लिएपछि अनुगमन कार्य बीचमै प्रभावित भएको हो ।
आजदेखी संचालन हुन गइरहेको प्रावि शिक्षकहरुको अन्तरवार्ता लिन समेत कठिनाई भएको छ । अधिकांश कर्मचारीहरु अख्तियारको घेरामा आएपछि अहिले कर्मचारी अभाव समेत भएको छ ।
अहिले शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारीसहित दुई जना सहायक जिल्ला क्षिक्षा अधिकारी,चार जना विद्यालय निरिक्षक र दुई जना प्राविधिक सहायक मात्र रहेका छन् ।
शिक्षा कार्यालयका विद्यालय निरिक्षक भोगेन्द्र यादवले २ सय ६० जना शिक्षकहरुको अन्तरवार्ता लिने तयारी भइरहेको बेला कर्मचारी अभावका कारण अन्तरवार्ता लिन धौं धौं परेको गुनासो गर्नुभयो ।
यता मुद्दा दायर गरेपछि अहिले जिल्ला शिक्षा कार्यालय सप्तरीमा चहलपहल समेत कम भएको छ । लेखापाल तथा विद्यालय निरिक्षकलाई अख्तियारले पक्राउ गरेपछि विद्यालयको विभिन्न कामहरु पूर्ण रुपले प्रभावित भएको छ । सम्बन्धीत फाँटका व्यक्ति नभेटिएपछि शिक्षकहरु निरास भएका फर्किन बाध्य भएका छन् ।
सप्तरीका तत्कालिन जिशिअहरु दोलराज पाण्डे, शत्रुधन प्रसाद यादव र केदार तिवारीविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको छ भने रुद्रहरी भण्डारीलाई भ्रष्टाचारको अभियोग लगाई निलम्बन गरेको छ भने वर्तमान सहायक जिशिअ रामदेव चौधरी, कार्यक्रम अधिकृत फाल्गुनी काफ्ले र लेखापाल जनकबहादुर खड्का निलम्बनमा परेका छन् ।
यस्तै लेखापाल गणेश कटुवाल, श्रोतव्यक्ति सुनीलकुमार प्रसाद, सव–इन्जिनियरहरु योगेशकुमार साह, उपेन्द्रप्रसाद साह, भुपेन्द्र प्रसाद यादव, हालका निमित्त प्रधानाध्यापक सत्यनारायण पासवान र तत्कालिन प्रधानाध्यापक चन्द्रदेवकुमार यादव, लेखाअधिकृत कामेश्वर साह, सव–इन्जिनियर विनोदकुमार सिंह, कार्यक्रम अधिकृत विजयकुमार मण्डल र श्रोतव्यक्ति रासिन्द्रप्रसाद यादवलाई गम्हरिया प्रवाहस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय र गम्हरिया प्रवाहा वडा नं. ८ स्थित सामुदायिक राप्रावि विषहरियाका प्रअ कुशेश्वर साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद साह तेली र मिथिलेश्वर साहविरुद्ध समेत मुद्धा दायर भएको छ ।
पक्राउ परेकाहरुले आर्थिक बर्ष २०६४÷०६५ देखि २०६८÷०६९ सम्ममा सप्तरीको गम्हरिया प्रवाहस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा भौतिक संरचना निर्माण, मर्मत, कम्प्युटर खरिद, समुदाय व्यवस्थापन, छात्रबृति बितरण, खाजा बितरण लगायतका शिर्षकमा निकासा भएको रकम हिनामिना गरेको अख्तियारले आरोप लगाएको छ ।
४४ लाख ८० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको सजाय मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ