News Category 2071/02/04
युनियनद्वारा ११ सदस्यलाई कारवाही
राजविराज÷नेपाल प्रेस युनियन सप्तरीले आफ्ना ११ जना सदस्यलाई साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।
युनियनका अध्यक्ष ओमप्रकाश साह र सचिव सुधा देवद्वारा शनिबार जारि विज्ञप्तिमा बैशाख ६ गते सम्पन्न पत्रकार महासंघ सप्तरी शाखाको निर्वाचनमा युनियनले खडा गरेको उम्मेदबारहरुको बिरुद्धमा युनियनकै सदस्यहरुले उम्मेदबारी दिनुका साथै निर्वाचनमा युनियन बिरुद्ध षडयन्त्र गरेको भन्दै कारवाही गरेको उल्लेख छ ।
यसरी कारवाहीमा पर्नेहरु जितेन्द्र खड्गा, श्रवणकुमार देव, जितेन्द्र कुमार झा, मनोजकुमार माझी, भूषण सिंह, चन्दन कुमार यादव, कृष्णदेव यादव, गंगाप्रसाद साह, कृष्णकुमार मण्डल, गणेशलाल देव र मूरली प्रसाद यादव रहेका छन् ।
कारवाहीमा परेकाहरु मध्ये महासंघको निर्वाचनमा श्रवणकुमार देव (उपाध्यक्ष), मनोज कुमार माझी (कोषाध्यक्ष), भूषण सिंह (सदस्य), चन्दन कुमार यादव (सदस्य) र गणेशलाल देव (पार्षद) मा निर्वाचित भएका हुन् ।
यसैबीच युनियनका उपाध्यक्ष रामनारायण विश्वासले टेलिफोनमा प्रतिक्रिया दिँदै सदस्यहरुलाई निष्काशन गरेको प्रति आपत्ति जनाउनु भएको छ । उहाँले शनिबार युनियनको बैठक बोलाएपनि चरम विवाद उत्पन्न भएपछि बैठक नबसि नै स्थगित भएको बताउनुभयो ।
उहाँले १३ सदस्यीय कार्यसमितिमा १२ जनाको उपस्थिति रहेको तर बैठक आन्तरिक विवादका कारण बस्न नसकेको जानकारी दिनुभयो । विवाद उत्पन्न भएपछि उपाध्यक्ष, कोषाध्यक्ष सहसचिव सहित ६ जना सदस्य बाहिरिएका थिए । युनियन बिरुद्ध बागि भई निर्वाचनमा उम्मेदबारी दिएका कृष्णदेव यादव, भुषण सिंह र गंगाप्रसाद साहलाई बैठकमा नबोलाएको भन्दै अध्यक्ष ओमप्रकाश साहले जानकारी दिएपछि उपाध्यक्ष सहित ६ जना बैठकबाट बाहिरिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ