News Category 2070/03/12
मधेशस“ग लभ होइन, ठगी गर्ने निरन्तरता ः उपेन्द्र यादव
दैनिक संवाददाता
राजविराज, ११ असार ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा राजनीतिक रुपमा ठगी गर्नेहरुको संख्यामा कमी आउन नसकेको बताउनुभएको छ ।
पछिल्लो समयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेशबाट उम्मेदबारी दिने बताएको सन्दर्भमा बोल्दै अध्यक्ष यादवले पछिल्लो पटक प्रचण्डले मधेशलाई ठग्न खाजेको बताउनुभयो । ‘ठूला पार्टी भनाउँदाका नेताहरुले हालसम्म ठग्दै आएका छन् । मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भन्नुभयो, ‘‘प्रचण्डले मधेशबाटै उम्मेदबारी दिन्छु भन्नु कुनै आश्चर्यको कुरा होइन् ।’’
बिगतमा मातृका कोइरालादेखि हालसम्म गैर मधेशीहरुले मधेशीलाई ठग्ने बाहेक केहि पनि गर्न नसकेको बताउँदै यादवले मधेशसँग लभ परेको भनेर ठग्न खोजिएपनि मधेशी जनताले अब ठग्न नदिने बताउनुभयो ।
मधेशमा उम्मेदबारी दिनु कुनै नौलो र बहादुरी नभएको भन्दै उहाँले प्रचण्डजीले आफ्ना मधेशी नेता कार्यकर्तालाई पहाडमा उम्मेदबार बनाएर जिताए त्यो बहादुरी हुने बताउनुभयो ।
संबिधानसभा निर्वाचनबारे बोल्दै अध्यक्ष यादवले अहिलेसम्म निर्वाचनको आधार तयार भइनसकेको उल्लेख गर्नुभयो । बर्तमान सरकारलाई तीन दलको कठपुतलीको संज्ञा दिदैं अध्यक्ष यादवले यो सरकारले निष्पक्ष चुनाव गराउनेमा आशंका व्यक्त गर्नुभयो ।
‘चुनाव संबिधानसभाको भएकाले पहिला संबिधान बनाउने सुनिश्चितता पनि गर्नु आवश्यक छ’ उहाँले भन्नुभयो, ‘‘संबिधान बनाउने सुनिश्चितता नगरी चुनावमा गए अझै समस्या आउन सक्छ ।’’
स्थानीय निकायको निर्वाचन बिना मुलुक तहसनहस बन्दै गएको उल्लेख गर्दै उहाँले सरकारले चाहेमा संबिधानसभाको निर्वाचन पनि गराउन सक्ने बताउनुभयो । ‘नचाहेर मात्रै हो’ उहाँले भन्नुभयो, ‘‘चाहेमा संबिधानसभा निर्वाचनको एक दिन अघि र पछि पनि गर्न सकिन्छ । त्यसो नभए संबिधानसभाको निर्वाचनमा मत खसाल्न आउनेलाई छुट्टै एउटा मतपत्र दिएर पनि यो निर्वाचन गराउन सकिन्छ ।’’
संबिधान बनाउने सुनिश्चितता नगरिए, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुर्न निर्धारण नगरी सिधै निर्वाचनमा जान खोजिए फोरम नेपाल शान्तिपूर्ण दवावमूलक आन्दोलनमा उत्रने उहाँले बताउनुभयो ।
यसअघि बिभिन्न पार्टी परित्याग गरी एक सयभन्दा बढी नेता÷कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष यादव, कोषाध्यक्ष रेणु यादवले अबीर लगाएर स्वागत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ