News Category 2071/02/09
स्ववियु निर्वाचनको मिति सार्न माग गर्दै १२ विद्यार्थी संगठनद्वारा आगजनी
दैनिक संवाददाता
राजविराज, ८ जेठ ।
त्रिभुवन विश्वविद्यालयले एकलौटी ढंगबाट स्ववियु निर्वाचनको मिति घोषणा गरेको भन्दै बिहीबार १२ विद्यार्थी संगठनहरुले राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका निर्वाचन अधिकृतको कुर्सी, फर्निचरसहित अन्य कागजातहरुमा आगो लगाइदिएका छन् ।
१२ विद्यार्थी संगठनहरुले संयुक्तमा एक प्रेस विज्ञप्ति जारि गर्दै स्ववियु निर्वाचनको मिति तथा सम्पूर्ण कार्यतालिका अविलम्ब रोक्न क्याम्पस प्रशासनसँग माग गरेको छ ।
अनेरास्ववियु (क्रान्तिकारी), विद्यार्थी मञ्च, मधेशी विद्यार्थी फोरम नेपाल, समाजवादी विद्यार्थी संघ, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अनेरास्ववियु–क्रान्तिकारी, नेपाल विद्यार्थी मञ्च (गजेन्द्रवादी), तमलोपा विद्यार्थी फ्रन्ट, मधेशी विद्यार्थी फोरम गणतान्त्रिक, नेपाल विद्यार्थी मञ्च, संघीय विद्यार्थी मञ्च र क्रान्तिकारी विद्यार्थी संघ नेपालले संयुक्त रुपमा निर्वाचनको मिति सार्न माग गर्दै आगजनी गरेका हुन् ।
१२ विद्यार्थी संगठनसँग आवद्ध विद्यार्थीहरु क्याम्पसमा प्रवेश गरि क्याम्पस प्रशासन बिरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले नाराबाजी गर्दै निर्वाचन अधिकृत नमोनारायण झाको कोठामा गएर फर्निचरसहित निर्वाचनका लागि तयार पारिएको कागजातहरु बाहिर ल्याएर आगो लगाएका हुन् । विद्यार्थीहरुले आगो लगाएपछि मूल गेटमा ताला लगाई धर्ना दिएका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष मधुसुदन यादवले त्रिविले दुई सत्ताधारी पार्टीका विद्यार्थी संगठनहरुको मात्र कुरा सुन्ने र बाँकी रहेका अन्य विद्यार्थी संगठनहरुलाई वेवास्ता गरेर निर्वाचनको मिति तय गरेकोमा घोर भत्र्सना गर्दै मिति सार्न माग गर्नुभयो ।
स्ववियु निर्वाचन कार्यक्रम अन्तरगत बिहीबार संगठन दर्ता र मतदाता नामावली प्रकाशित गर्ने मिति रहेको थियो ।
यता निर्वाचनको पक्षमा रहेका अनेरास्ववियुका जिल्ला उपाध्यक्ष रबि रायले निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन क्याम्पस प्रशासनसँग माग गर्नुभयो । उहाँले त्यसको नभए आफूहरु क्याम्पस प्रशासन विरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ