News Category 2071/02/11
निर्माणको जिम्मेवारी थपिएका कारण प्रअहरु अनियमिततामा मुच्छिने गरेको आरोप
राजविराज÷नेपाल शिक्षक युनियन सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डलले प्रअलाई आवश्यकता भन्दा पनि बढी भौतिक पुर्वाधार निर्माणको समेत जिम्मेवारी थपिएका कारण प्रअहरु अनियमिततामा मुच्छिने गरेको आरोप लगाउनु भएको छ ।
जिल्लाको शिक्षा क्षेत्रमा देखिएको समस्या बारे नेपाल शिक्षक युनियन सप्तरी र नेपाल शैक्षिक गणतान्त्रिक मञ्च सप्तरीले शनिबार बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षक युनियनका अध्यक्ष मण्डलले बिद्यालयको भौतिक पुर्वाधार निर्माणको जिम्मा नलिन बिद्यालयका प्रधानाध्यापकहरुसँग आग्रह गर्नुभयो ।
भौतिक निर्माण तर्फ आवश्यकताको आधारमा सर्तकर्ता अपनाई बितरण नगरिनु र निर्माण कार्य सम्पन्न भएपछि अबिलम्ब फर फराक नुहँदा समस्या भएको गुनासो गर्दै उहाँले बिद्यालयहरुको भौतिक निर्माणको काम टेन्डर प्रक्रियाबाट गराउन सुझाव दिनुभयो ।
सो पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष मण्डलले वर्तमान अवस्थामा विद्यालयहरुमा विद्यमान विभिन्न २१ वटा समस्याहरु बारे प्रकाश समेत पार्नुभयो । दिवा खाजा कार्यक्रमको रकम समयमा उपलब्ध नहुनु, पीसीएफ तलब र ननपीसीएफ तलब विद्यार्थी संख्याको आधारमा निकाशा नहुनु, विद्यालयको निरीक्षण र अनुगमन शुन्य हुनु लगायतका समस्याले जिल्लाको शौक्षिक गतिविधी सूस्त गतिविधीले भइरहेको जानकारी दिनुभयो ।
यस्तै नेपाल शिक्षक युनियन सप्तरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा बन्द गरिएको बिद्यालयको खाताको सम्बन्धमा अबिलम्ब निकास निकाल्न माग गरेको छ ।
शिक्षक युनियन सप्तरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सप्तरीको ६० वटा भन्दा बढी बिद्यालयको खाता रोकिदाँ समस्या भएकोले अबिलम्ब त्यसको निकास निकाल्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा बितरण गरिएको प्रेस बिज्ञप्तीमा केही बिद्यालयहरुको खाता प्रअ र जिल्ला शिक्षा कार्यालयको कर्मचारीबाट सञ्चालित खाताको बैकल्पिक ब्यवस्था गर्न माग गर्दै बिद्यालयहरुमा भौतिक निर्माणका कार्यहरुको बितरण प्रणाली पारदर्शी बनाई निर्माण कार्यमा हुने ढिलासुस्ती अन्त्य गरी कार्य सम्पन्न भए लग्तै फरफराक गर्न समेत माग गरिएको छ ।
पाठ्य पुस्तक खरिदका लागि बिद्यालयलाई ६० प्रतिशत भन्दा पनि कम रकम उपलब्ध गराउँदा बिद्यालयलाई समस्या हुँदै आएको उल्लेख गर्दै प्रेस बिज्ञप्तीमा बिद्यालयहरुमा निरीक्षण र अनुगमन नहुँदा बिद्यालयहरुको शैक्षिक अवस्थामा सुधार आउन नसकेको गुनासो गरिएको छ ।
पत्रकार सम्मेलनमा शिक्षक युनियन सप्तरीका पुर्व अध्यक्ष तथा मावि बोरियाका प्रअ भबेन्द्र यादवले शैक्षिक क्षेत्रमा देखिएको समस्या बारे जिल्ला शिक्षा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाईसकेको र यथोचित रुपमा सम्बोधन नभए आफुहरु दबाब मुलक कार्यक्रम गर्न समेत बाध्य हुने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ