News Category 2077/08/15
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता आइतबारदेखी प्रारम्भ भएको छ ।
छिन्नमस्ता स्पोर्ट्स क्लब छिन्नमस्ता १ बरही बिरपुरको आयोजना तथा छिन्नमस्ता गाउँपालिकाको सहयोगमा “स्पोर्ट्स क्लबको अभियान राष्ट्रिय स्तरको क्रीकेट मैदान” भन्ने मुल नाराका साथ बरही थान पोखरी क्रिकेट मैदानमा सो प्रतियोगिता प्रारम्भ भएको हो ।
आइतबार सम्पन्न उद्घाटन खेलमा छिन्नमस्ता वडा नं. १ बिजयी भएको छ । पहिलो ब्याटिङ गर्न ओर्लेको वडा न.. १ ले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा २ सय १९ रनको योगफल तयार गरेको थियो । जसमा रमेश यादव ७०, छत्र नारायण राय ४४ र राजेश यादवले ४० रनको योगदान गरेका थिए ।
त्यसै गरि बलिङतर्फ छिन्नमस्ता वडा नं. ५ का सन्जय मेहता र अभिजित मेहताले समान २÷२ विकेट तथा देबानन्द साह, नारायण मेहता र अंकित मिश्रले १÷१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गर्न ओर्लेको छिन्नमस्ता वडा नं. ५ ले १३.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रन मात्र बनाउन सफल भएको थियो । नारायण मेहताले १४, सन्जय मेहता ११ बाहेक अरु कसैले पनि दोहोरो अंक जोड्न सफल भएनन् ।
यता बलिङतर्फ छ्त्र नारायण राय, रबेन यादव, सन्तोष यादवले २÷२ विकेट र सरि यादव, सन्जीब यादवले १÷१ विकेट लिएका थिए ।
यसअघि प्रतियोगिताको छिन्नमस्ता गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष राय र छिन्नमस्ता वडा नं. १ का अध्यक्ष बिनोद कुमार यादवले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
छिन्नमस्ता स्पोर्ट्स क्लबका संरक्षक तिर्थ नारायण रायको अध्यक्षतामा सम्पन्न कायक्रममा वडा नं. १ का सदस्य रन्जित साह, समाजसेवी ललन प्रसाद यादव, वडा नं. १ का अध्यक्ष बिनोद कुमार यादवले स्वागत मन्तव्य दिएका थिए भने संचालन छिन्नमस्ता स्पोर्ट्स क्लबका अध्यक्ष रवी रायले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ