News Category 2071/02/11
शम्भुनाथ र कंचनरुप नगरपालिकाको वडा विभाजन गरियो
राजविराज÷सरकारले सप्तरीमा थप गरेका दुई नगरपालिकालाई विस्तार गर्नका लागि वडामा विभाजन गरिएको छ ।
सरकारले वैशाख २५ गतेको निर्णयबाट सप्तरीमा शम्भुनाथ र कंचनरुप नगरपालिकालाई थप गरेको थियो । कञ्चनरुप नगरपालिकामा ९ वटा गाविस समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा ६ वटा गाविसलाई समेटिएको छ ।
कञ्चनरुप नगरपालिकामा कञ्चनपुर गाविससहित घोघनपुर, धरमपुर, बरमझिया, बदगामा, रुपनगर, पिप्रापुर्व, जगतपुर र ठेलिया गाविसलाई समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा मोहनपुर, भंगहा, शम्भुनाथ, बसबलपुर, रामपुर जमुवा र खोक्सर प्रवाहा गाविसलाई समेटिएको छ ।
शम्भुनाथ नगरपालिकालाई ६ गाविसलाई मिलाएर ११ वटा वडामा विभाजन गरेको छ ।
खोक्सर प्रवाहाको वडा नं.१, २, ३, ४, ५ लाई मिलाएर नगरपालिकाको वडा नं. १, खोक्सर प्रवाहाकै वडा नं. ६, ७, ८, ९ लाई वडा नम्बर २९ख्स्, शम्भुनाथको १, २, ३, ४, ९ लाई वडा नम्बर ३, शम्भुनाथकै वडा न ५, ६, ७, ८ वडा नम्बर ४, मोहनपुरको वडा नम्बर १, २, ३, ४ र ५, ६, ७, ८, ९ वडा नम्बर ५ र ६ भंगहाको वडा नम्बर ५, ६, ७, ८, ९ तथा १, २, ३ र वसवलपुरको वडा नम्बर ७, ८, ९ लाई वडा नम्बर ७ र ८ बसवलपुरको वडा नम्बर १, २, ३, ४, ५, ६ वडा नम्बर ९ र रामपुर जमुवाको वडा नम्बर १, २, ३, ९ र ४, ५, ६, ७, ८ लाई वडा नम्बर १० र ११ मा विभाजन गरिएको शम्भुनाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत भागवत यादवले जानकारी दिनुभयो ।
त्यस्तै कंचनरुप नगरपालिकालाई पनि ११ वडामा विभाजन गरिएको छ । बरमझिया गाविसको ३, ४, ५ र ६ तथा बदगामा गाविसको ५ र ६ लाई मिलाएर १ नम्बर वडा बनाइएको छ । बरमझियाकै १, २, ७, ८, ९ तथा ठेलिया गाविसको ७ नम्बर वडालाई मिलाएर २ नम्बर वडा बनाइएको छ । बदगामाका १,२, ३, ४, ७, ८ र ९ वडालाई मिलाएर ३ नम्बर वडा, जगतपुर १ देखि ९ सम्म वडा नम्बर ४, कंचनपुर १ देखि ९ सम्मका लागि ५ नम्बर वडा, पिप्रा पूर्व गाविसको वडा नम्बर १ देखि ९ सम्मकालाई ६, रुपनगर ५, ६, ८ र ९ तथा धर्मपुर गाविसको ६, ७ र ९ मिलाएर वडा नम्बर ७ बनाइएको छ ।
रुपनगर गाविसकै १ २, ३, ४ र ७ नम्बर वडा, धर्मपुर गाविसको ८ र घोघनपुर गाविसको वडा नम्बर ९ लाई मिलाएर ८ नम्बर वडा बनाइएको छ । धर्मपुर गाविसको १, २, ३, ४ र ५ तथा घोघनपुर गाविसको ७ र ८ लाई मिलाएर ९ नम्बर, घोघनपुरकै १, २, ३, ४, ५ र ६ लाई मिलाएर १० नम्बर तथा ठेलिया गाविसको १, २, ३, ४, ५, ६, ७८ र ९ लाई मिलाएर ११ नम्बर वडामा विभाजन गरिएको छ ।
मुलुककै सबैभन्दा बढी ११४ गाविस रहेको सप्तरीका १५ गाविस नगरपालिकामा परिणत भएपछि जिल्लामा ९९ गाविस बाँकी रहेको छ । कञ्चनरुप नगरपालिकामा ४८ सय ६ सय ९१ जनसंख्या रहेको छ भने शम्भुनाथ नगरपालिकामा ३० हजार २ सय ७ जनसंख्या रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ