News Category 2071/02/11
शम्भुनाथ र कंचनरुप नगरपालिकाको वडा विभाजन गरियो
राजविराज÷सरकारले सप्तरीमा थप गरेका दुई नगरपालिकालाई विस्तार गर्नका लागि वडामा विभाजन गरिएको छ ।
सरकारले वैशाख २५ गतेको निर्णयबाट सप्तरीमा शम्भुनाथ र कंचनरुप नगरपालिकालाई थप गरेको थियो । कञ्चनरुप नगरपालिकामा ९ वटा गाविस समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा ६ वटा गाविसलाई समेटिएको छ ।
कञ्चनरुप नगरपालिकामा कञ्चनपुर गाविससहित घोघनपुर, धरमपुर, बरमझिया, बदगामा, रुपनगर, पिप्रापुर्व, जगतपुर र ठेलिया गाविसलाई समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा मोहनपुर, भंगहा, शम्भुनाथ, बसबलपुर, रामपुर जमुवा र खोक्सर प्रवाहा गाविसलाई समेटिएको छ ।
शम्भुनाथ नगरपालिकालाई ६ गाविसलाई मिलाएर ११ वटा वडामा विभाजन गरेको छ ।
खोक्सर प्रवाहाको वडा नं.१, २, ३, ४, ५ लाई मिलाएर नगरपालिकाको वडा नं. १, खोक्सर प्रवाहाकै वडा नं. ६, ७, ८, ९ लाई वडा नम्बर २९ख्स्, शम्भुनाथको १, २, ३, ४, ९ लाई वडा नम्बर ३, शम्भुनाथकै वडा न ५, ६, ७, ८ वडा नम्बर ४, मोहनपुरको वडा नम्बर १, २, ३, ४ र ५, ६, ७, ८, ९ वडा नम्बर ५ र ६ भंगहाको वडा नम्बर ५, ६, ७, ८, ९ तथा १, २, ३ र वसवलपुरको वडा नम्बर ७, ८, ९ लाई वडा नम्बर ७ र ८ बसवलपुरको वडा नम्बर १, २, ३, ४, ५, ६ वडा नम्बर ९ र रामपुर जमुवाको वडा नम्बर १, २, ३, ९ र ४, ५, ६, ७, ८ लाई वडा नम्बर १० र ११ मा विभाजन गरिएको शम्भुनाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत भागवत यादवले जानकारी दिनुभयो ।
त्यस्तै कंचनरुप नगरपालिकालाई पनि ११ वडामा विभाजन गरिएको छ । बरमझिया गाविसको ३, ४, ५ र ६ तथा बदगामा गाविसको ५ र ६ लाई मिलाएर १ नम्बर वडा बनाइएको छ । बरमझियाकै १, २, ७, ८, ९ तथा ठेलिया गाविसको ७ नम्बर वडालाई मिलाएर २ नम्बर वडा बनाइएको छ । बदगामाका १,२, ३, ४, ७, ८ र ९ वडालाई मिलाएर ३ नम्बर वडा, जगतपुर १ देखि ९ सम्म वडा नम्बर ४, कंचनपुर १ देखि ९ सम्मका लागि ५ नम्बर वडा, पिप्रा पूर्व गाविसको वडा नम्बर १ देखि ९ सम्मकालाई ६, रुपनगर ५, ६, ८ र ९ तथा धर्मपुर गाविसको ६, ७ र ९ मिलाएर वडा नम्बर ७ बनाइएको छ ।
रुपनगर गाविसकै १ २, ३, ४ र ७ नम्बर वडा, धर्मपुर गाविसको ८ र घोघनपुर गाविसको वडा नम्बर ९ लाई मिलाएर ८ नम्बर वडा बनाइएको छ । धर्मपुर गाविसको १, २, ३, ४ र ५ तथा घोघनपुर गाविसको ७ र ८ लाई मिलाएर ९ नम्बर, घोघनपुरकै १, २, ३, ४, ५ र ६ लाई मिलाएर १० नम्बर तथा ठेलिया गाविसको १, २, ३, ४, ५, ६, ७८ र ९ लाई मिलाएर ११ नम्बर वडामा विभाजन गरिएको छ ।
मुलुककै सबैभन्दा बढी ११४ गाविस रहेको सप्तरीका १५ गाविस नगरपालिकामा परिणत भएपछि जिल्लामा ९९ गाविस बाँकी रहेको छ । कञ्चनरुप नगरपालिकामा ४८ सय ६ सय ९१ जनसंख्या रहेको छ भने शम्भुनाथ नगरपालिकामा ३० हजार २ सय ७ जनसंख्या रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ