News Category 2077/08/15
जिल्लाको समग्र विकासमा एकमत हुनु आवश्यक
जिल्लामा अहिले पनि विभिन्न समस्याहरु रहेका छन् । विगत लामो समयदेखी विकासहीन रहेको सप्तरी जिल्लामा अहिले केही मात्रामा विकासका कामहरु भइरहेका छन् । जिल्लाको विभिन्न सडकहरु जिर्ण रहेको अवस्थामा ती सडकहरु मर्मतदेखी नयाँ सडक निर्माणका कार्यहरु भइरहेको छ । मधेशको लाइफलाइन मानिने हुलाकी सडकको निर्माण तिब्र रुपमा भइरहेको छ । यस्तै सदरमुकाम राजविराजका विभिन्न वडाका सडकहरुको समेत निर्माण कार्य अगाडी बढेको छ । त्यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा स्वास्थ्य केन्द्रहरु अपग्रेड भई १५ शैय्याको अस्पतालमा परिणत भएको छ भने भारदहमा ५० शैययाको अस्पताल निर्माण हुँदैछ ।
यसरी जिल्लामा ढिलो भएपनि बिस्तारै विकासीय कार्यहरुले गति लिइरहेको छ । यता शिक्षातर्फ राजविराजमा नर्सिङ र इन्जिनियरिङ कलेज समेत निर्माणको गतिमा रहेको छ । सदरमुकाम बाहिर कंचनरुप नगरपालिकामा मदनग्राम खेलमैदानको काम समेत सूचारु भइरहेको छ भने सोही नगरपालिकामा कभर्ड हलको निर्माण भएको छ । यी विकासी कार्यहरु कुनै एकल प्रयासले मात्र नभई सम्पूर्ण जनप्रतिनिधि तथा जिल्लावासीहरुको सहयोगमा भइरहेको छ । यो भन्दा पनि ठूलो स्वास्थ्य क्षेत्रमा रामराजा प्रसाद सिंह विज्ञान प्रतिष्ठानले पूर्णता पायो भने जिल्लाको विकासमा ठूलो ठेवा पुग्ने विश्वास रहेको छ ।
तसर्थ यस्ता विकासीय कार्यहरु सम्पन्न गर्न र गराउन सम्पूर्ण जिल्लावासीहरु एकमत भई अझ क्रियाशिलका साथै जनप्रतिनिधिहरुलाई घचघचाउने कार्यलाई निरन्तरता दिनु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ