News Category 2077/08/15
जिल्लाको समग्र विकासमा एकमत हुनु आवश्यक
जिल्लामा अहिले पनि विभिन्न समस्याहरु रहेका छन् । विगत लामो समयदेखी विकासहीन रहेको सप्तरी जिल्लामा अहिले केही मात्रामा विकासका कामहरु भइरहेका छन् । जिल्लाको विभिन्न सडकहरु जिर्ण रहेको अवस्थामा ती सडकहरु मर्मतदेखी नयाँ सडक निर्माणका कार्यहरु भइरहेको छ । मधेशको लाइफलाइन मानिने हुलाकी सडकको निर्माण तिब्र रुपमा भइरहेको छ । यस्तै सदरमुकाम राजविराजका विभिन्न वडाका सडकहरुको समेत निर्माण कार्य अगाडी बढेको छ । त्यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा स्वास्थ्य केन्द्रहरु अपग्रेड भई १५ शैय्याको अस्पतालमा परिणत भएको छ भने भारदहमा ५० शैययाको अस्पताल निर्माण हुँदैछ ।
यसरी जिल्लामा ढिलो भएपनि बिस्तारै विकासीय कार्यहरुले गति लिइरहेको छ । यता शिक्षातर्फ राजविराजमा नर्सिङ र इन्जिनियरिङ कलेज समेत निर्माणको गतिमा रहेको छ । सदरमुकाम बाहिर कंचनरुप नगरपालिकामा मदनग्राम खेलमैदानको काम समेत सूचारु भइरहेको छ भने सोही नगरपालिकामा कभर्ड हलको निर्माण भएको छ । यी विकासी कार्यहरु कुनै एकल प्रयासले मात्र नभई सम्पूर्ण जनप्रतिनिधि तथा जिल्लावासीहरुको सहयोगमा भइरहेको छ । यो भन्दा पनि ठूलो स्वास्थ्य क्षेत्रमा रामराजा प्रसाद सिंह विज्ञान प्रतिष्ठानले पूर्णता पायो भने जिल्लाको विकासमा ठूलो ठेवा पुग्ने विश्वास रहेको छ ।
तसर्थ यस्ता विकासीय कार्यहरु सम्पन्न गर्न र गराउन सम्पूर्ण जिल्लावासीहरु एकमत भई अझ क्रियाशिलका साथै जनप्रतिनिधिहरुलाई घचघचाउने कार्यलाई निरन्तरता दिनु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ