News Category 2077/08/15
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
नयाँदिल्ली, १५ मङ्सिर (रासस–एएनआई) ।
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७७२ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।
हाल भारतमा ९४ लाख ३१ हजार ६९२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार ६०० व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल चार लाख ४६ हजार ९५२ व्यक्ति अझै पनि सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार २३औंँ दिन हो ।
भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ३७ हजार १३९ पुगेको छ । भारतभरी सबै भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ३ लाख ७९ हजार नमूना परीक्षण गरेको जनाएको छ । हिजो एकै दिनमा ८ लाख ७६ हजार १७३ व्यक्तिको कोरोना भाइरस परीक्षण भएको समाचारमा जनाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार भारतमा ९३.७१ प्रतिशत कोरोना भाइरसको सङ्क्रमण निको भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ