News Category 2071/02/13
उपदान रकम नपाएको भन्दै अवकाश प्राप्त कर्मचारी धर्ना बस्ने
दैनिक संवाददाता
राजविराज, १२ जेठ ।
राजविराज नगरपालिका कार्यालयमा कर्मचारीको रुपमा ४० वर्षसम्म कार्यगरि अनिवार्य अवकाश प्राप्त गरेका ९ जना कर्मचारीहरुले अवकाश प्राप्त गरेको लामो समय बितिसक्दा पनि उपदानको रकम नपाएको भन्दै सोमबार विभिन्न ७ वटा निकायमा ज्ञापनपत्र बुझाएका छन् ।
अवकाश प्राप्त नासु कृष्णबहादुर श्रेष्ठ, खरिदार मो. हारुन अन्सारी, दमकल इन्चार्ज दुर्गा बहादुर बुढाथोकी, टाइपिस्ट जिवेनद्र झा, वि.मि. रामनारायण साह, ड्राईभर बद्री प्रसाद यादव, ब.नि. देवराज भण्डारी, खा.पा.मि. रामेश्वर यादव र खरिदार दुखी प्रसाद साहले संयुक्त रुपमा सोमबार स्थानीय विकास मन्त्री लगायत विभिन्न सम्बन्धीत निकायमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै अवकाश प्राप्त कर्मचारीहरुले ५ दिनभित्र उपदान उपलब्ध नभए बाध्य भई छौठो दिनदेखी नगरपालिका कार्यालयमै धर्ना बस्ने चेतावनी समेत दिइएको छ ।
बुझाइएको ज्ञापनपत्रमा अवकाश प्राप्त कर्मचारीहरुसँग नगरपालिकाले पटक पटक लिखित तथा मौखिक सम्झौता गरे पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै अवकाश प्राप्त जीवन यापन गर्न अत्याधिक कठिनाई भएकोले बाध्य भई आन्दोलनका कार्यक्रम गर्नुपरेको पत्रमा उल्लेख छ ।
यता नगरपालिका कार्यालयले आफ्नो भौतिक सुविधा दिनप्रति दिन बढाउँदै लगेको तथा कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले हालै ३२ लाख ५० हजारमा नयाँ गाडी खरीद गरेको तर विगत लामो समयदेखी नगरपालिकामा कार्यरत कर्मचारीहरु अवकाश प्राप्त गरेपनि ती कर्मचारीहरुले उपदान नपाउनुमा नगरपालिका कार्यालयकै गैरजिम्मेवारीपन भएको बुद्धिजिविहरुको आरोप छ ।
स्थानीय विकास मन्त्रालयको २० लाख रुँपैया सहयोग तथा १२ लाख ५० हजार नगरपालिका कार्यालयले निशर्त कोषबाट निकासा गरि सो गाडी खरीद गरेको नगरपालिका श्रोतले जनाएको छ ।
आर्थिक वर्ष २०७०÷७१ को नगर परिषद्बाट उपदानका लागि रु. ५० लाख रकम छुट्टयाइए पनि सो रकम हालसम्म पनि अवकाश प्राप्त कर्मचारीले पाउन सकेका छैनन् । श्रोतका अनुसार अवकाश प्राप्त ९ जना कर्मचारीले उपदान स्वरुप पाउने रकम रु. ४० लाख रुँपैया रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ