News Category 2071/02/13
जन्ती गएका एकजना भारतबाट अपहरित
दैनिक संवाददाता
राजविराज, १२ जेठ ।
सप्तरीको छिन्नमस्ता गाविसबाट जन्ती गएका एकजना व्यक्ति आइतबार भारतको बिहार राज्यबाट अपहरणमा परेका छन् ।
सप्तरीको बेल्ही चपेना गाविस ७ छातापुर निवासी हरिनारायण साह अपहरणमा परेका हुन् । सप्तरीको छिन्नमस्ता गाविसस्थित गोबिन्दरपुर टोलबाट आइतबार साँझ जन्ती गएका साह भारतको बिहार राज्य अन्तरगत सुपौल जिल्लाको बेला मझारी भन्ने स्थानबाट अपहरणमा परेका हुन् ।
जन्ती गएका साहलाई ८÷१० जनाको समूहमा आएका हतियारधारीले बेला मझारी भन्ने स्थानमा बुलेरो रोकि आफ्नै साथमा लगेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले पीडित परिवारजनले घटना बारे जानकारी गरे लगतै सुपौलका प्रहरीलाई समन्वय गर्न खबर गरेको जानकारी दिनुभयो ।
अपहरणमा परेका साह नेपाली यूवाहरुलाई बैदेशिक रोजगारमा पठाउने काम गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ