News Category 2071/02/14
वेवारिसे मोटरसाइकल फेला अभियान चलाएपछि चोरीको गाडी धमाधम बरामद
दैनिक संवाददाता
राजविराज, १३ जेठ ।
राजविराजस्थित वन कार्यालयको दक्षिण पट्टीको पर्खाल छेउमा सोमबार राति एक मोटरसाइकल वेवारिसे अवस्थामा फेला परेको छ ।
राती करिब ९ बजे वेवारिसे अवस्थामा ज३प ३५५८ नम्बरको मोटरसाइकल पर्खाल छेउमा राखिएको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको थियो । तत्कालै प्रहरी आएर सो मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी लगेको छ ।
मोटरसाइकलको पछाडी तर्फ रहेको नम्बर प्लेटमा माटोले लेपिएको थियो भने मोटरसाइकल पर्खालमा ठोकिएको अवस्थामा रहेको थियो ।
उक्त मोटरसाइकल बारेमा प्रहरीसँग सम्पर्क गर्दा सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले चोरीको मोटरसाइकल नियन्त्रणमा लिने अभियान चलाएपछि त्यस्ता मोटरसाइकललाई चोरी गर्ने गिरोहले बाटोमै छोडेर गएको हुनसक्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले अभियान चलाएपछि अहिले एउटा मोटरसाइकलमा अर्को मोटरसाइकलको नम्बर लगाएर चलाउने त्यस्ता गाडीहरु धमाधम बरामद हुन थालेको बताउनुभयो । त्यस्ता चोरीका गाडीहरु नियन्त्रणमा लिन सुरु गरेपछि अहिले ४÷५ वटा मोटरसाइकल प्रहरीले बरामद गरिसकेको उहाँ जानकारी दिनुभयो ।
केही समय यता सप्तरीमा अन्य ठाउँबाट चोरी गरेर ल्याएको मोटरसाइकलमा अर्को नम्बर लगाएर चलाउने कार्य व्यापक भेटिएपछि सो को नियन्त्रणका लागि विशेष अभियान नै चलाएको प्रहरी उपरिक्षक अमात्यको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ