News Category 2071/02/14
विद्युत आपूर्ति नहु“दा अन्धकारमा बस्न बाध्य
दैनिक संवाददाता
राजविराज, १३ जेठ ।
राजविराज नगरपालिकाको वडा नम्बर २ स्थित रहेको नेपाल विद्युत प्राधिकरणको पडकिएको ट्रान्सफर्मर मर्मत नहुँदा दुई सातादेखि त्यसक्षेत्रका बासिन्दा अन्ध्यारोमै बस्न बाध्य बनेका छन् । गत जेठ ४ गते बेलुका उक्त ट्रान्सफर्मर पडिकएको थियो ।
ट्रान्सफर्मर पडकिएको बारे प्राधिकरणको राजविराजस्थित वितरण केन्द्रमा जानकारी दिएपनि हालसम्म मर्मत नहुँदा आफुहरु अन्ध्यारोमै बस्न बाध्य हुनुपरेको स्थानीय परमेश्वर झाले गुनासो गर्नुभयो ।
प्राधिकरणले उक्त क्षेत्रमा क्षमता भन्दा कमजोर ट्रान्सफर्म जडान गरेकाले पटक–पटक पडकिएर समस्या उत्पन्न हुने गरेको सेवाग्राहीको भनाई छ । नगरको दुई नम्बर वडास्थित विभिन्न आधा दर्जन टोलमा झण्डै सातसय सेवाग्राही छन् । ‘वर्षमै दुई पटक ट्रान्सफर्मर पडकिएको छ’, स्थानीय रामकुमारी चौधरीले भन्नुभयो, ‘प्राधिकरणको कमजोरीले पटक–पटक ट्रान्सफर्मर पडकिने गरेको छ, यसले सरकारी रकमकोसमेत दुरुपयोग भईरहेको छ ।’
प्रचण्ड गर्मीको बेला लगातार विद्युत आपूर्ति ठप्प हुँदा बालबालिकादेखि वृद्धवृद्धालाई प्रभावित बनाईरहेको छ । विद्युत नभएर पंखासमेत चल्ने नभएकालेले रातीको समय बिताउन बढी नै समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ । उक्त क्षेत्रमा लगाइएको ५० केभीको ट्रान्सफर्मले क्षमता नलिने भएकाले कम्तीमा एकसय केभीको नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने उनीहरुको माग छ ।
यता प्राधिकरणको राजविराजस्थित वितरण केन्द्रले भने पडकिएको ट्रान्सफर्मर मर्मत गराउन पठाईएको र अझ दुई साता लाग्ने जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ