News Category 2077/08/28
प्रदेश स्तरीय क्रिकेटमा सप्तरी र पर्सा बिजयी
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले महोत्तरीलाई ७ बिकेटले पराजित गरेको छ भने पर्साले सर्लाहिलाई ७ बिकेटले पराजित गरेको छ ।
जनकपुरको बाह्रबिघा मैदानमा सप्तरीले टस जिती ब्याटिंगको लागि महोत्तरीलाई निम्तो दिएपछि महोत्तरीले रवी सिंहको सतकिय पारीको मद्दतले निर्धारित ४५ ओभरको खेलमा ७ बिकेट गुमाई २ सय २२ रनको योगफल तयार पारेको थिया । रवि सिंहले आर्कषक ब्याटिंग गर्दै ८६ बलमा ५ छक्का र १० चौकाको मद्दतले नटआउट रहि १ सय ८ रनको योगदान दिएका थिए । यस्तै राजकुमार साहानी २६, आदित्य झा २१ र शौरभ नागबन्सीले २० रनको योगदान दिएका थिए ।
यता बलिङतर्फ सप्तरीका रोहित सिंह, अनुज यादव, महवुव आलम, रोबिन सिंह, बिकास दास र राहुल मण्डलले १÷१ बिकेट लिएका थिए ।
२ सय २३ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरीले महवुव आलम र आशिष झाको उत्कृष्ट ब्याटिंगका कारण उक्त लक्ष्य सजिलै २६ ओभर ३ बलमै ३ बिकेटको नोक्सानीमा प्राप्त गरेको थियो । जसमा महवुव आलमले सतकिय पारी खेल्दै बिस्फोटक ४७ बलमा ८ चौक्का र १० छक्काको मद्दतले नटआउट रहि १ सय १ रनको योगदान दिएका थिए भने आशिष झाले ५० बलमा ५ चौक्का र ४ छक्काको मद्दतले ६३ रनको योगदान दिएका थिए ।
यता बलिङतर्फ महोत्तरीका मो. युसुफ, राहुल प्रताप सिंह र पुरज ढुंगेलले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच बिष्फोटक ब्याटिंग गरेका सप्तरीका कप्तान महवुव आलम घोषित भए ।
यता प्रतियोगिता अन्र्तगत आईतवारै बाराको सिद्धेश्वरमा संचालित अर्को खेलमा पर्साले सर्लाहिलाई ७ बिकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ ।
सर्लाहिले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेपछि ब्याटिंग गर्न ओर्लेको सर्लाहिले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर ५ बलमा आफना सम्पुर्ण बिकेट गुमाई ९२ रनमै समेटिएको थियो । सर्लाहिका लागि सुधिर चौधरीले ५९ बलमा १ चौक्का र १ छक्काको मद्दतले २७ तथा सोहन यादव १६ र पप्पु दासले नटआउट रहि १६ रनको योगदान दिएका थिए । बलिङतर्फ पर्साका सैफुल्लाह अंसारीले उत्कृष्ट बलिंग गर्दै ६ ओभर ५ बलमा १ मेडन सहित ११ रन दिई ३ बिकेट लिएका थिए भने समसाद अंसारीले ३ तथा सम्साद मंसुरीले २ बिकेट लिएका थिए ।
९३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको पर्साले उक्त लक्ष्य १६ ओभर ३ बलमा ३ बिकेटको नोक्सानीमा भेटाएको थियो । पर्साका लागि सन्तोष कार्किले नटआउट रहि ४६ बलमा ५ चौक्का र १ छक्काको मद्दतले ३६ रन तथा सुरज प्रसाद कुर्मिले २० र सैफालि हवारीले नटआउट रहि २० रनको योगदान दिएका थिए । बलिङतर्फ सर्लाहिका मेराज मिकरानीले २ तथा गुलसन झाले १ बिकेट लिएका थिए । उत्कृष्ट बलिङ गरे वापत पर्साका सैफुल्लाह अंसारी म्यान अफ द म्याच भएक थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ