News Category 2071/02/15
तमरा अभियान राष्ट्रिय पार्टीमा परिणत हुने ः संयोजक गुप्ता
दैनिक संवाददाता
राजविराज, १४ जेठ ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले आउँदो मंसिर महिनामा आन्दोलनसँगै तमरा अभियान राष्ट्रिय पार्टीमा परिणत हुने जानकारी दिनुभएको छ ।
तमरा अभियानले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिँदै संयोजक गुप्ताले संविधान सभाबाट संविधान नबन्ने ठोकुवा गर्दै यदी संविधान निर्माण भए मधेशी जनताको विपक्षमा बन्ने दाबी समेत गर्नुभयो ।
संविधान सभाबाट संविधान निर्माण भए त्यो संविधान पहिलेकै जस्तो बन्ने भन्दै त्यस्तो संविधानको कुनै औचित्य समेत नरहने उहाँले उल्लेख गर्नुभयो ।
सरकारले माघ महिनामा संविधान निर्माण हुने बताइरहदा संयोजक गुप्ताले माघ महिनामा सम्पूर्ण मधेशवादी दल एकजुट भई आन्दोलन गर्नुको विकल्प नरहने धारणा व्यक्त गर्नुभयो ।
संयोजक गुप्ताले आफ्नो सम्पूर्ण जिवन सत्ताका लागि नभइकन सम्पूर्ण तराई मधेशका जनताका लागि समर्पित हुने दृढता व्यक्त गर्दै आफू मधेशी जनतालाई हकअधिकार दिलाउन अभियान संचालन गरेको बताउनुभयो ।
उहाँले आफ्ना अभियान बारे विभिन्न मधेशी दल तथा भूमिगत संगठन अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतसँग पनि सम्पर्क गरि नेपाल टुक्राउने कुरालाई छोडेर शान्तिपूर्ण आन्दोलनमा आउनु आग्रह समेत गरेको जानकारी दिनुभयो ।
उहाँले अभियानलाई अगाडी बढाउन तराईका विभिन्न जिल्लामा अभियानकर्तालाई प्रशिक्षण समेत दिइरहेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा तमरा अभियानका वरिष्ठ नेता आरडी आजादले बैदेशिक नीति, बैदेशिक रोजगार र मुद्रा बाहेक सम्पूर्ण अधिकार तराई मधेशलाई दिई स्वायत्त बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
सोही पत्रकार सम्मेलनमा मधेशी जनअधिकार फोरम मधेशका केन्द्रिय उपाध्यक्ष विवेकानन्द सिंह, केन्द्रिय महासचिव सुरेन्द्र कुमार साह, केन्द्रिय सदस्यहरु डम्बरनारायण लाल कर्ण, प्रकाश चौधरी, बिमला देवी यादव, मधुरी यादव, रामशंकर यादव लगायतका २१ जना जिल्ला तथा विद्यार्थी संगठनका नेताहरु पार्टी परित्याग गरि तराई मधेश राष्ट्रिय अभियानमा प्रवेश गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ