News Category 2071/02/15
तमरा अभियान राष्ट्रिय पार्टीमा परिणत हुने ः संयोजक गुप्ता
दैनिक संवाददाता
राजविराज, १४ जेठ ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले आउँदो मंसिर महिनामा आन्दोलनसँगै तमरा अभियान राष्ट्रिय पार्टीमा परिणत हुने जानकारी दिनुभएको छ ।
तमरा अभियानले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिँदै संयोजक गुप्ताले संविधान सभाबाट संविधान नबन्ने ठोकुवा गर्दै यदी संविधान निर्माण भए मधेशी जनताको विपक्षमा बन्ने दाबी समेत गर्नुभयो ।
संविधान सभाबाट संविधान निर्माण भए त्यो संविधान पहिलेकै जस्तो बन्ने भन्दै त्यस्तो संविधानको कुनै औचित्य समेत नरहने उहाँले उल्लेख गर्नुभयो ।
सरकारले माघ महिनामा संविधान निर्माण हुने बताइरहदा संयोजक गुप्ताले माघ महिनामा सम्पूर्ण मधेशवादी दल एकजुट भई आन्दोलन गर्नुको विकल्प नरहने धारणा व्यक्त गर्नुभयो ।
संयोजक गुप्ताले आफ्नो सम्पूर्ण जिवन सत्ताका लागि नभइकन सम्पूर्ण तराई मधेशका जनताका लागि समर्पित हुने दृढता व्यक्त गर्दै आफू मधेशी जनतालाई हकअधिकार दिलाउन अभियान संचालन गरेको बताउनुभयो ।
उहाँले आफ्ना अभियान बारे विभिन्न मधेशी दल तथा भूमिगत संगठन अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतसँग पनि सम्पर्क गरि नेपाल टुक्राउने कुरालाई छोडेर शान्तिपूर्ण आन्दोलनमा आउनु आग्रह समेत गरेको जानकारी दिनुभयो ।
उहाँले अभियानलाई अगाडी बढाउन तराईका विभिन्न जिल्लामा अभियानकर्तालाई प्रशिक्षण समेत दिइरहेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा तमरा अभियानका वरिष्ठ नेता आरडी आजादले बैदेशिक नीति, बैदेशिक रोजगार र मुद्रा बाहेक सम्पूर्ण अधिकार तराई मधेशलाई दिई स्वायत्त बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
सोही पत्रकार सम्मेलनमा मधेशी जनअधिकार फोरम मधेशका केन्द्रिय उपाध्यक्ष विवेकानन्द सिंह, केन्द्रिय महासचिव सुरेन्द्र कुमार साह, केन्द्रिय सदस्यहरु डम्बरनारायण लाल कर्ण, प्रकाश चौधरी, बिमला देवी यादव, मधुरी यादव, रामशंकर यादव लगायतका २१ जना जिल्ला तथा विद्यार्थी संगठनका नेताहरु पार्टी परित्याग गरि तराई मधेश राष्ट्रिय अभियानमा प्रवेश गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ