News Category 2071/02/15
मैथिल महिलाहरुले बरसाइत पर्व मनाए
दैनिक संवाददाता
राजविराज, १४ जेठ ।
पतिको दिर्घायुको कामना गर्दै बुधबार तराई मधेशका मैथिल महिलाहरुले बट सावित्री (बरसाइत) पर्व धुमधामका साथ मनाएका छन् ।
मैथिल महिलाहरुले मनाउने चाँडपर्व अन्तरगत बट सावित्री पर्व पनि एक ठूलो पर्वको रुपमा रहेको छ ।
बट सावित्री पर्व मनाउन बुधबार बिहानैदेखी सप्तरी सदरमुकाम राजविराजस्थित भगवती मन्दिर प्राङ्गणमा रहेको बरको रुखमा पुजा गर्न उल्लेख्य संख्यामा महिलाहरुको भिड लागेको थियो ।
यस्तै सदरमुकाम बाहिरका महिलाहरुले पनि बरको रुख तल सामुहिक रुपमा जम्मा भई यो पर्व मनाउादै छन् ।
पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले बरको रुख तल बसेर कठोर ब्रत गरी आजैकै दिन आफ्ना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले आफ्ना पतिको दिर्घायुका लागि बट सावित्री पर्व मनाउने गरेको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
यो पर्व मनाउन बिहानै नुहाई धुवाई गरी नयाँ बस्त्र लगाई उपवास बसिन्छ । बरको रुखमुनी गाउँ गाउँका मैथिल महिलाहरु भेला भई पुजा गर्ने गर्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ