News Category 2077/09/05
प्रदेश २ महिला क्रिकेटमा महोत्तरी च्याम्पियन
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिता अन्तरगत सप्तरीमा सम्पन्न प्रदेश २ स्तरिय महिला क्रिकेट प्रतियोगिताको उपाधी महोत्तरीले हात पारेको छ ।
आइतबार राजविराजस्थित राजरंगशालामा सम्पन्न फाइनल खेलमा सिरहालाई ८ विकेटले हराउँदै महोत्तरीले सो उपाधी हात पारेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको सिरहा निर्धारित २० ओभरको खेलमध्ये १४ दशमलव ५ ओभरमै सब विकेट गुमाउँदै ८६ रनको चुनौती पेश गरेको थियो । सिरहाका लागि कविता गौतम २४, उर्मिला चौधरी १५ र सरस्वती चौधरीले १४ रनको योगदान दिएका थिए ।
बलिङतर्फ महोत्तरीकी शोभा आलेले घातक वलिङ गर्दै ५ तथा बिमला मगरले ३ र रोजि कडारीले २ विकेट लिएकी थिइन् । जवाफी ब्याटिङमा उत्रेको महोत्तरीले १४ दशमलब ४ ओभरमै २ विकेटको क्षतिमा बिजयी लक्ष्य प्राप्त गरेको थियो ।
महोत्तरीका लागि बिमला मगरले सर्वाधिक ३२ तथा गोमा आले २४ र रोजि कडारीले २१ रनको योगदान दिएका थिए । प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै विपक्षि टिमको ५ विकेट लिए वापत महोत्तरीकी शोभा आले प्लेयर अफ द फाइनल घोषित भइन् ।
प्रतियोगिता अन्तरगत उत्कृष्ट बलर महोत्तरीकी रोजि कडारी, उत्कृष्ट ब्याटसम्यान सिरहाका अनुराधा चौधरी तथा प्लेयर अफ द सिरिज महोत्तरीकी बिमला मगर घोषित भए ।
प्रतियोगिता समाप्तिपछि क्रिकेट संघ सप्तरीका अध्यक्ष एवं प्रदेश २ का सचिव आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोइलाठी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, प्रदेश २ क्रिकेट संघका उपाध्यक्ष सुनिल महासेठ, छनौट प्रतियोगिता प्रदेश २ का संयोजक मुर्तुजा हवारी, खेलकुद पत्रकार संघका अध्यक्ष मनोज कुमार माझी, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, वडा अध्यक्ष जयनारायण मण्डल, प्रशिक्षक राजकुमार दास, प्रकाश शर्मा लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ