News Category 2077/09/13
इजिवल्र्ड ईन्जीनियरिङलाई राजबिराज क्रिकेट लिगको उपाधि
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा संचालित राजबिराज क्रिकेट लिगको उपाधी इजिवल्र्ड ईन्जिनियरिङले हात पारेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा युथ क्रिकेट एकेडेमीलाई ३ बिकेटले पराजित गर्दै इजिवल्र्डले सो उपाधीमा कब्जा जमाएको छ ।
युथ क्रिकेट एकेडेमीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय १३ रन जोडेका थिए । युथका लागि आशिष झाले उत्कृष्ट ब्याटिंग गर्दै ४४ बलमा ५ चौक्का र २ छक्काको मद्धतले ५१ रनको योगदान दिएका थिए भने बिवेक यादव २९, पप्पु यादव १६ र नितेश यादवले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ रोबिन सिंहले ३ तथा अनिल यादवले १ बिकेट लिएका थिए ।
एक सय १४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको इजिवल्र्डले उक्त लक्ष्य १८ ओभर ४ बलमा ७ बिकेटको नोक्सानीमा भेटाएका थिए । ईजिवल्र्डका लागि निरज यादवले धैयर्तापुर्ण पारी खेल्दै ४२ बलमा २ चौक्का र १ छक्काको मद्धतले ३४ रनको योगदान दिएका थिए भने महवुव आलम र अमल दासले क्रमश ः २० र १५ रन तथा अनोज यादव १४ रनमा अविजित रहेका थिए ।
यता बलिंग तर्फ बिवेक यादव र मनिश मण्डलले सामान ३ बिकेट लिएका थिए भने अजय यादवले १ बिकेट लिएका थिए । फाईनल खेलको म्यान अफ द म्याच उत्कृष्ट पारि खेलेवापत ईजिवल्र्डका निरज यादव भएका थिए ।
प्रतियोगिता अन्र्तगत उत्कृष्ट ब्याट्सम्यान सबल नेपालका राहुल मण्डल, उत्कृष्ट बलर ईजिवल्र्डका अनिल यादव, इमरजिंग प्लेयर राजबिराज स्पोर्टसका दिपेश सरदार तथा म्यान अफ द सेरिज ईजिवल्र्डका खेलाडी महवुव आलम भएका थिए । प्रतियोगिता अन्र्तगत बिजेता टिमलाई नगद रु ३० हजार तथा उपबिजेता टिमलाई १५ हजार प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ