News Category 2077/09/13
इजिवल्र्ड ईन्जीनियरिङलाई राजबिराज क्रिकेट लिगको उपाधि
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा संचालित राजबिराज क्रिकेट लिगको उपाधी इजिवल्र्ड ईन्जिनियरिङले हात पारेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा युथ क्रिकेट एकेडेमीलाई ३ बिकेटले पराजित गर्दै इजिवल्र्डले सो उपाधीमा कब्जा जमाएको छ ।
युथ क्रिकेट एकेडेमीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय १३ रन जोडेका थिए । युथका लागि आशिष झाले उत्कृष्ट ब्याटिंग गर्दै ४४ बलमा ५ चौक्का र २ छक्काको मद्धतले ५१ रनको योगदान दिएका थिए भने बिवेक यादव २९, पप्पु यादव १६ र नितेश यादवले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ रोबिन सिंहले ३ तथा अनिल यादवले १ बिकेट लिएका थिए ।
एक सय १४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको इजिवल्र्डले उक्त लक्ष्य १८ ओभर ४ बलमा ७ बिकेटको नोक्सानीमा भेटाएका थिए । ईजिवल्र्डका लागि निरज यादवले धैयर्तापुर्ण पारी खेल्दै ४२ बलमा २ चौक्का र १ छक्काको मद्धतले ३४ रनको योगदान दिएका थिए भने महवुव आलम र अमल दासले क्रमश ः २० र १५ रन तथा अनोज यादव १४ रनमा अविजित रहेका थिए ।
यता बलिंग तर्फ बिवेक यादव र मनिश मण्डलले सामान ३ बिकेट लिएका थिए भने अजय यादवले १ बिकेट लिएका थिए । फाईनल खेलको म्यान अफ द म्याच उत्कृष्ट पारि खेलेवापत ईजिवल्र्डका निरज यादव भएका थिए ।
प्रतियोगिता अन्र्तगत उत्कृष्ट ब्याट्सम्यान सबल नेपालका राहुल मण्डल, उत्कृष्ट बलर ईजिवल्र्डका अनिल यादव, इमरजिंग प्लेयर राजबिराज स्पोर्टसका दिपेश सरदार तथा म्यान अफ द सेरिज ईजिवल्र्डका खेलाडी महवुव आलम भएका थिए । प्रतियोगिता अन्र्तगत बिजेता टिमलाई नगद रु ३० हजार तथा उपबिजेता टिमलाई १५ हजार प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ