News Category 2077/09/13
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
डबल राउण्ड रोबिन टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखी राजविराजमा सुरु भएको छ ।
राजरंगशालामा एक कार्यक्रमबीच राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ तथा नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बलिङगरि उद्घाटन गरेका हुन् ।
क्रिकेट विकास प्रतिष्ठान राजविराजद्वारा दोश्रो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्रिकेट विकास प्रतिष्ठानले शिब्स इन्टरनेशनल बोर्डिङ स्कुल राजविराजलाई ६३ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको प्रतिष्ठानले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको थियो ।
१ सय ४६ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङ गरेको शिब्सले १४ ओभरमै सबै विकेट गुमाई ८२ रन मात्र जोड्न सक्यो । उक्त खेलको म्यान अफ द म्याच बिजयी टिमका रबिन्द्र यादव घोषित भए ।
यसअघि प्रतिष्ठानका अध्यक्ष ईं इन्द्रनारायण देवको अध्यक्षताम आयोजित उद्घाटन समारोहमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रेस स्वतन्त्रा सेनानी बैजनाथ झा, क्रिकेट संघका सचिव चन्दन यादव, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज माझी, समाजसेवी मिरा देव लगायतले प्रतियोगिता सफलताको शुभकामना दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ