News Category 2071/02/18
अवकाश प्राप्त कर्मचारीहरुले उपदानको रकम नपाएको भन्दै आज धर्ना बस्ने
राजविराज÷राजविराज नगरपालिका कार्यालयले अवकाश प्राप्त ९ जना कर्मचारीहरुलाई उपदानको रकम नदिएको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका छन् ।
४० वर्षसम्म कार्यगरि अनिवार्यअवकाश प्राप्त गरेको लामो समय बितिसक्दा पनि उपदानको रकम नपाएको भन्दै आइतबारदेखी उनीहरु धर्नामा बस्ने भएका छन् ।
अवकाश प्राप्त नासु कृष्णबहादुर श्रेष्ठ, खरिदार मो. हारुन अन्सारी, दमकल इन्चार्ज दुर्गा बहादुर बुढाथोकी, टाइपिस्ट जिवेनद्र झा, वि.मि. रामनारायण साह, ड्राईभर बद्री प्रसाद यादव, ब.नि. देवराज भण्डारी, खा.पा.मि. रामेश्वर यादव र खरिदार दुखी प्रसाद साहले अवकाश प्राप्त गरेपनि उपदान पाउन सकेका छैन् ।
ती कर्मचारीहरुले गत सोमबार विभिन्न ७ निकायमा ज्ञापनपत्र बुझाउँदै ५ दिनभित्र उपदान उपलब्ध नभए बाध्य भई छौठो दिनदेखी नगरपालिका कार्यालयमै धर्ना बस्ने चेतावनी दिइका छन् ।
अवकाश प्राप्त कर्मचारीहरुसँग नगरपालिकाले पटक पटक लिखित तथा मौखिक सम्झौता गरे पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै अवकाश प्राप्त जीवन यापन गर्न अत्याधिक कठिनाई भएकोले बाध्य भई आन्दोलनका कार्यक्रम गर्नुपरेको उक्त पत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०७०÷७१ को नगर परिषद्बाट उपदानका लागि रु. ५० लाख रकम छुट्टयाइए पनि सो रकम हालसम्म पनि अवकाश प्राप्त कर्मचारीले पाउन सकेका छैनन् । अवकाश प्राप्त ९ जना कर्मचारीले उपदान स्वरुप पाउने रकम रु. ४० लाख रुँपैया रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ