News Category 2071/02/18
क्रान्तिकारीको तेश्रो भेला सम्पन्न
राजविराज÷क्रान्तिकारी पत्रकार संघ सप्तरीको तेश्रो जिल्ला भेला शनिबार सम्पन्न भएको छ ।
तेश्रो जिल्ला भेला आयोजक समितिका संयोजक बिन्दु यादवको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि एनेकपा माओवादीका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक अशोक कुमार मण्डल रहनु भएको थियो ।
प्रमुख आतिथी मण्डलले मिडिया स्वतन्त्र हुनुपर्ने बताउँनुहुँदै यसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको अवस्थामा मिडियामा व्यापक राजनीतिक हस्तक्षेप भइरहेकोले यसप्रति सम्पूर्ण संचारकर्मी स्वतन्त्र रुपमा अगाडी बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
यसैगरि सोही भेलामा क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सचिवालय सदस्य एवं विशिष्ठ अतिथि देवराम यादवले मिडिया अहिले पनि राजनीतिक हस्तक्षेपको शिकार हुँदै गएकोमा दुःख व्यक्त गर्नुभयो ।
भेलामा मोफसल मिडिया सोसाइटीका पूर्वाञ्चल उपाध्यक्ष अनिलकुमार अनल, संघका पशुपति दास, प्रकाश गुप्ता, एनेकपा माओवादीका हिरण्य गुप्ता लगायतका वक्ताहरुले भेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । संघको बन्दसत्र जारि रहेको आयोजक समितिले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ