News Category 2071/02/19
अवकाश प्राप्त कर्मचारीले उपदान नपाएको भन्दै धर्ना
दैनिक संवाददाता
राजविराज, १८ जेठ ।
उपदान नपाएको भन्दै राजविराज नगरपालिका कार्यालयका अवकाश प्राप्त ९ जना कर्मचारी आइतबार धर्ना बसेका छन् ।
राजविराज नगरपालिका कार्यालयमा कर्मचारीको रुपमा ४० वर्षसम्म कार्यगरि अनिवार्य अवकाश प्राप्त गरेको लामो समय बितिसक्दा समेत उपदानको रकम नपाएको भन्दै आइतबार उनीहरु धर्ना बसेका हुन् ।
अवकाश प्राप्त कर्मचारी नासु कृष्णबहादुर श्रेष्ठ, खरिदार मो. हारुन अन्सारी, दमकल इन्चार्ज दुर्गा बहादुर बुढाथोकी, टाइपिस्ट जिवेनद्र झा, वि.मि. रामनारायण साह, ड्राईभर बद्री प्रसाद यादव, ब.नि. देवराज भण्डारी, खा.पा.मि. रामेश्वर यादव र खरिदार दुखी प्रसाद साह रहेका छन् ।
अवकाश प्राप्त कर्मचारीहरुसँग नगरपालिकाले पटक पटक लिखित तथा मौखिक सम्झौता गरे पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै अवकाश प्राप्त जीवन यापन गर्न अत्याधिक कठिनाई भएकोले बाध्य भई धर्ना बस्नु परेको कृष्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिका कर्मचारी संघका अध्यक्ष उमेश कुमार यादवले अवकाश प्राप्त कर्मचारीहरुले उपदान नपाएकोले धर्ना बसेका कर्मचारीप्रति ऐक्यबद्धता व्यक्त गर्दै सम्बन्धित पक्षले उपदानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
यसैबीच राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृत एवं प्रमुख बिष्णुप्रसाद गुरुङ्गले विगत सात वर्षदेखी मात्र नगरपालिकाले वर्षभरीमा एक महिनाको कर्मचारीको तलब बमोजिम रकम जम्मा गर्न थालिएपछि अवकाश प्राप्त कर्मचारीलाई आर्थिक वर्ष २०७०÷७१ मा २० लाख उपदान दिइसकेको जानकारी दिनुभयो । उहाँले अपुग १६ लाख रुपैया चाडै नै बितरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
अधिकृत गुरुङ्गले नगरपालिकाको प्रशासनिक खर्च कट्टा, राजश्वको रकम जम्मा भएपछि अनिमात्र उपदानको रकम दिन सकिने बताउनुभयो ।
आर्थिक वर्ष २०७०÷७१ को नगर परिषद्बाट उपदानका लागि रु. ५० लाख रकम छुट्टयाइए पनि सो रकम हालसम्म पनि अवकाश प्राप्त कर्मचारीले पाउन सकेका छैनन् । अवकाश प्राप्त ९ जना कर्मचारीले उपदान स्वरुप पाउने रकम रु. ३६ लाख रुँपैया रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ