News Category 2071/02/19
अवकाश प्राप्त कर्मचारीले उपदान नपाएको भन्दै धर्ना
दैनिक संवाददाता
राजविराज, १८ जेठ ।
उपदान नपाएको भन्दै राजविराज नगरपालिका कार्यालयका अवकाश प्राप्त ९ जना कर्मचारी आइतबार धर्ना बसेका छन् ।
राजविराज नगरपालिका कार्यालयमा कर्मचारीको रुपमा ४० वर्षसम्म कार्यगरि अनिवार्य अवकाश प्राप्त गरेको लामो समय बितिसक्दा समेत उपदानको रकम नपाएको भन्दै आइतबार उनीहरु धर्ना बसेका हुन् ।
अवकाश प्राप्त कर्मचारी नासु कृष्णबहादुर श्रेष्ठ, खरिदार मो. हारुन अन्सारी, दमकल इन्चार्ज दुर्गा बहादुर बुढाथोकी, टाइपिस्ट जिवेनद्र झा, वि.मि. रामनारायण साह, ड्राईभर बद्री प्रसाद यादव, ब.नि. देवराज भण्डारी, खा.पा.मि. रामेश्वर यादव र खरिदार दुखी प्रसाद साह रहेका छन् ।
अवकाश प्राप्त कर्मचारीहरुसँग नगरपालिकाले पटक पटक लिखित तथा मौखिक सम्झौता गरे पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै अवकाश प्राप्त जीवन यापन गर्न अत्याधिक कठिनाई भएकोले बाध्य भई धर्ना बस्नु परेको कृष्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिका कर्मचारी संघका अध्यक्ष उमेश कुमार यादवले अवकाश प्राप्त कर्मचारीहरुले उपदान नपाएकोले धर्ना बसेका कर्मचारीप्रति ऐक्यबद्धता व्यक्त गर्दै सम्बन्धित पक्षले उपदानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
यसैबीच राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृत एवं प्रमुख बिष्णुप्रसाद गुरुङ्गले विगत सात वर्षदेखी मात्र नगरपालिकाले वर्षभरीमा एक महिनाको कर्मचारीको तलब बमोजिम रकम जम्मा गर्न थालिएपछि अवकाश प्राप्त कर्मचारीलाई आर्थिक वर्ष २०७०÷७१ मा २० लाख उपदान दिइसकेको जानकारी दिनुभयो । उहाँले अपुग १६ लाख रुपैया चाडै नै बितरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
अधिकृत गुरुङ्गले नगरपालिकाको प्रशासनिक खर्च कट्टा, राजश्वको रकम जम्मा भएपछि अनिमात्र उपदानको रकम दिन सकिने बताउनुभयो ।
आर्थिक वर्ष २०७०÷७१ को नगर परिषद्बाट उपदानका लागि रु. ५० लाख रकम छुट्टयाइए पनि सो रकम हालसम्म पनि अवकाश प्राप्त कर्मचारीले पाउन सकेका छैनन् । अवकाश प्राप्त ९ जना कर्मचारीले उपदान स्वरुप पाउने रकम रु. ३६ लाख रुँपैया रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ