News Category 2077/09/29
बारालाई प्रदेश स्तरीय क्रिकेटको उपाधी
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश नं. २ अन्र्तगत प्रदेश स्तरीय छनौट क्रिकेट प्रतियोगिताको उपाधी बाराले हात पारेको छ । बाराले पर्सालाई १ सय २७ रनको अन्तरले पराजित गर्दै ट्रफि हात पारेको हो ।
सिद्धेश्वर क्रिकेट मैदान कलैयामा मंगलवार सम्पन्न फाईनल खेलमा बाराले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरको खेलमा ४९ ओभरमा सम्पुर्ण बिकेट गुमाई १ सय ७७ रनको योगफल तयार गरेको थियो ।
बाराका लागि तिर्थराज दासले आर्कषक ब्याटिंग गर्दै १ सय २५ बलमा ४ चौक्का र २ छक्काको मद्धतले ७६ रनको योगदान दिएका थिए भने रवि साह ४२ तथा नवि आलमले अविजित १४ रनको योगदान दिएका थिए । बलिंग तर्फ पर्साका अल्फाज मंसुरीले ३ तथा समसाद अन्सारी र नसरुदिन अन्सारीले सामान २ बिकेट लिएका थिए । अन्य बलरमा सैफुल्लाह अन्सारी, हासिम अन्सारी र समसाद मन्सुरीले सामान १ बिकेट लिएका थिए ।
यता १ सय ७८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको पर्सा आदिल अन्सारीको घातक बलिंग सामु निरिह हुदै २२ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ५० रनमै समेटिएको थियो । आदिलले ६ ओभर ५ बलमा २ मेडन सहित ९ रनदिई ५ बिकेट लिएका थिए । अन्य बलरमा समिर नेपालले २ तथा भुलावन साहनी र कुमार थापाले सामान १ बिकेट लिएका थिए । कुमार थापाले आफनो ५ ओभरको स्पेलमा ५ वटै मेडन गरेका थिए । पर्साका लागि सन्तोष कार्कि १३ र सोनु अन्सारी ११ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन ।
सम्पन्न खेलको म्यान अफ द म्याच बाराका आदिल अंसारी भएका थिए । प्रतियोगिता अन्र्तगत बेष्ट बलर बाराका आदिल अंसारी, बेष्ट ब्याटसम्यान महोतरीका रवि सिंह तथा म्यान अफ द सिरिज सप्तरीका महवुव आलम भएका थिए ।
बिजेता खेलाडीहरुलाई प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगत, जिल्ला क्रिकेट संघ बाराका अध्यक्ष प्रभात चौरसिया, कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, पुर्व अन्तराष्ट्रिय खेलाडी पवन अग्रवाल, कलैया क्रिकेट क्लबका अध्यक्ष तसरुदिन मन्सुरी लगायतले ट्रफि तथा प्रमाण पत्र बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ