News Category 2071/02/19
प्रहरीको अपराध बिरुद्धको विशेष दस्ता (सिआरएम) प्रणाली परिचालन
दैनिक संवाददाता
राजविराज, १८ जेठ ।
जिल्ला र नगरमा शान्ति सुरक्षालाई अझ सुव्यवस्थित गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले अपराध बिरुद्धको विशेष दस्ता (सिआरएम) प्रणाली आइतबारदेखी परिचालन गरेको छ ।
सो प्रणालीको उद्घाटन गर्दै सगरमाथा अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले सिआरएम प्रणालीको माध्यमबाट घटनालाई न्युनिकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जिल्लाको पाँच वटा नाकाहरुमा हतियारसहित प्रहरीले मोटरसाइकलमा गस्ति गर्ने जानकारी दिनुभयो । उहाँले नगर प्रारम्भ हुने स्थान सप्तरीको देउरी भरुवा, रन्जितपुर, बोरिया, औद्योगिक क्षेत्र र जमुनी मधेपुरा नाकामा मोटरसाइकलसहितको हतियारसहित प्रहरीले गस्ति गर्ने जानकारी दिँदै घटना हुनबाट जोगाउँने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“अपराधरहित समाजको सुनिश्चितता नेपाल प्रहरीको प्रतिबद्धता” लाई राजविराज नगरको सुरक्षा सुदृढिकरणका लागि अपराध बिरुद्धको विशेष दस्ता परिचालन गरिएको जानकारी दिँदै प्रहरी उपरिक्षक अमात्यले यस्ता दस्ता परिचालनले नगरको शान्ति सुरक्षा अझ सुदृढ हुँदै जाने धारणा व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ