News Category 2071/02/19
प्रहरीको अपराध बिरुद्धको विशेष दस्ता (सिआरएम) प्रणाली परिचालन
दैनिक संवाददाता
राजविराज, १८ जेठ ।
जिल्ला र नगरमा शान्ति सुरक्षालाई अझ सुव्यवस्थित गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले अपराध बिरुद्धको विशेष दस्ता (सिआरएम) प्रणाली आइतबारदेखी परिचालन गरेको छ ।
सो प्रणालीको उद्घाटन गर्दै सगरमाथा अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले सिआरएम प्रणालीको माध्यमबाट घटनालाई न्युनिकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जिल्लाको पाँच वटा नाकाहरुमा हतियारसहित प्रहरीले मोटरसाइकलमा गस्ति गर्ने जानकारी दिनुभयो । उहाँले नगर प्रारम्भ हुने स्थान सप्तरीको देउरी भरुवा, रन्जितपुर, बोरिया, औद्योगिक क्षेत्र र जमुनी मधेपुरा नाकामा मोटरसाइकलसहितको हतियारसहित प्रहरीले गस्ति गर्ने जानकारी दिँदै घटना हुनबाट जोगाउँने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“अपराधरहित समाजको सुनिश्चितता नेपाल प्रहरीको प्रतिबद्धता” लाई राजविराज नगरको सुरक्षा सुदृढिकरणका लागि अपराध बिरुद्धको विशेष दस्ता परिचालन गरिएको जानकारी दिँदै प्रहरी उपरिक्षक अमात्यले यस्ता दस्ता परिचालनले नगरको शान्ति सुरक्षा अझ सुदृढ हुँदै जाने धारणा व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ