News Category 2071/02/20
दुई बु“दे सहमति पश्चात् अवकाश प्राप्त कर्मचारीको धर्ना समाप्त
दैनिक संवाददाता
राजविराज, १९ जेठ ।
उपदान नपाएको भन्दै दुई दिनदेखी धर्नामा बसेका राजविराज नगरपालिका कार्यालयका अवकाश प्राप्त कर्मचारी र नगरपालिका कार्यकारी अधिकृतबीच दुई बुँदे सहमति पश्चात् सोमबार धर्ना समाप्त भएको छ ।
कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्ग, राजविराज नगरपालिका कार्यालयका पूर्व मेयरहरु गोबिन्द सिंह, शैलेश चौधरी, जगरनाथ दासको विशेष पहल तथा कर्मचारी एशोसिएसनका अध्यक्ष उमेश प्रसाद यादव र अवकाश प्राप्त कर्मचारीहरुबीच छलफल भई सहमति पश्चात् धर्ना समाप्त भएको जनाइएको छ ।
अवकाश प्राप्त कर्मचारीहरुले पाउनु पर्ने रकम मध्ये १० लाख सोमबारको मितिले एक महिना भित्र उपलब्ध गराउने र बाँकी रकम आगामी आ.ब. २०७१÷७२ को प्रथम चौमासिक भित्र नगरपालिका कार्यालयले एकमुष्ठ भुक्तादन गर्ने सहमति पश्चात् धर्ना समाप्त भएको हो ।
यसअघि राजविराज नगरपालिका कार्यालयमा कर्मचारीको रुपमा ४० वर्षसम्म कार्यगरि अनिवार्य अवकाश प्राप्त गरेको लामो समय बितिसक्दा समेत उपदानको रकम नपाएको भन्दै आइतबारदेखी उनीहरु धर्ना बसेका थिए ।
अवकाश प्राप्त कर्मचारी नासु कृष्णबहादुर श्रेष्ठ, खरिदार मो. हारुन अन्सारी, दमकल इन्चार्ज दुर्गा बहादुर बुढाथोकी, टाइपिस्ट जिवेनद्र झा, वि.मि. रामनारायण साह, ड्राईभर बद्री प्रसाद यादव, ब.नि. देवराज भण्डारी, खा.पा.मि. रामेश्वर यादव र खरिदार दुखी प्रसाद साह धर्ना बसेका थिए ।
आर्थिक वर्ष २०७०÷७१ को नगर परिषद्बाट उपदानका लागि रु. ५० लाख रकम छुट्टयाइए पनि सो रकम हालसम्म पनि अवकाश प्राप्त कर्मचारीले पाउन सकेका थिएन । अवकाश प्राप्त ९ जना कर्मचारीले उपदान स्वरुप पाउने रकम रु. ३६ लाख रुँपैया रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ