News Category 2071/02/20
लघु वित्त बैंक प्रवद्र्धन गोष्ठी सम्पन्न
दैनिक संवाददाता
राजविराज, १९ जेठ ।
प्रस्तावित लघु बित्त बैंकका लागि सोमबार राजविराजमा आयोजित लघु वित्त बैंक प्रवद्र्धन गोष्ठी सम्पन्न भएको छ ।
“सप्तरी जिल्लाको समग्र आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रस्तावित लघु बित्त बैंक” मूल नाराका साथ आयोजित गोष्ठिमा आमन्त्रित अतिथिहरुले जिल्लामा संचालित अन्य बैंकहरुको तुलनामा प्रस्तावित लघु बित्त बैंकले न्यूनतम ब्याज दरमा सरल रुपमा कर्जा प्रवाहा गरेमा जिल्लो वित्तिय क्षेत्रमा चमत्कारी रुपमा परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।
जिल्लामा अहिलेको परिवेशमा अन्य धेरै वित्तिय संस्थाहरु संचालन रहेपनि उक्त बैंकहरुले हालसम्म सरल रुपमा कर्जा प्रवाह गर्न सकेका छैनन् भने गरिब किसानहरुलाई सानो कर्जा दिन हिच्किचाहट गरिरहेको आमन्त्रित अतिथिहरुले जनाएका छन् ।
लुघ बित्त बैंकको स्थापनाले ती गरिब किसानहरुलाई सरल रुपमा साना कर्जा लिन सुविधा हुने भन्दै यसका लागि सम्पूर्ण जिल्लावासीले बैंक स्थापनाका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ ।
लुघ बित्त बैंक प्रवद्र्धन समितिका सहसंयोजक भोलारमण उप्रेतीको अध्यक्षतामा आयोजित गोष्ठीको प्रमुख अतिथ्य मो. हासिम अन्सारीले गर्नु भएको थियो । सो गोष्ठीमा जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख बिजय कुमार झा, ई. इन्द्रनारायण देव, प्रधानाध्यापक कुमार पाठक, अधिवक्ता रामकुमार यादव, प्रवद्र्धन समितिका पंकज पोखरेल, ग्लोबल सहकारी संस्थाका अध्यक्ष सुखराम यादवलगायतले बैंक स्थापनाका लागि सकारात्मक पहल आवश्यक रहेको औल्याउनु भएको थियो ।
गोष्ठीको संचालन प्राध्यापक गिता सुवेदीले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य रमला पोखरेलले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ