News Category 2077/10/13
छोराछोरीको पढाई खर्च जुटाउन तरकारी खेती
अरुणकुमार यादव
राजविराज, १३ माघ ।
सेभ द सप्तरीको सहयोगमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको बिभिन्न ठाउँमा जिबीकोपार्जन गर्नका लगि कृषक समुहले लगाएको तरकारी खेतीबाट महिलाहरु आत्मनिर्भर बन्दै छन ।
उनीहरु आफनो छोरा÷छोरीको पढाई खर्च जुटाउन र परिवार धाउनको लागि समेत जिल्लाको दक्षिणीे भेगका तिलाठी कोइलाडी अन्तरगत मंसापुर, बरसाइन र कोइलाडीको कोशी पलारमा समुहिक तरकारी खेती गरेर आत्मनिर्भर बनिरहेको देखिएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ मंसापुरमा कमलेश्वरी कृषक समुहमा आवद्ध २१ जना सदस्यहरु मिलेर तरकारी खेती गरेका छन ।
समुहकी अध्यक्ष प्रमिलादेवी साह,सदस्य माया देवी मण्डल सहितकाले करिब पाँच बिगाहमा बन्धाकाउली, गोलभेडा, रायसाग, मुला, फर्सी जस्ता हरियो साग सब्जी उवजाएर उनीहरु आत्मनिर्भर बनिरहेको सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साहले जानकारी दिनुभयो ।
ति तरकारी बालिबाट आम्दानी भएको पैसा सदुपयोग गरि स्थानिय शंकर बोडिङ स्कुलमा आफना छोरा÷छोरीलाई पढाई रहेको कमलेश्वरी कृषक समुहकी सदस्य माया देवी मण्डलले बताउनुभयो ।
हाम्रो श्रीमान बाहिर कमाउन जादा समयको सदुपयोग गरि सेभ द सप्तरीको आर्थिक सहयोगमा आफनो परिवार चलाउनको लागि यहाँ तरकारी खेती गरेर परिवारलाई सहयोग प¥याउनुको साथै छोरा÷छोरीलाई उच्चशिक्षा सम्म पढाउने लक्षय रहेको उहाँले बताउनुभयो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सेभ द सप्तरीबाट सहयोग प्राप्त जग्गा धनीबाट लिजमा जग्गा लिएर बिउिबिजन, खाद्य, मल र किसानलाई चाहिने पम्पी सेट समेत उपल्बध गराइदिएपछि उनीहरु दलित समुदायिका परिवार सक्षम भएर आफने खेतीबारीमा काम गरेर राम्रो आम्दानी गर्न सफल भएको सेभ द सप्तरीका कृषि प्राबिधिक साहको भनाई छ ।
त्यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ बरसाइमा समेत तरकारी खेती लगाएर दलित महिलाहरु आत्मनिर्भर बनेका छन ।
बजरङबली कृषक समुहद्धारा संचालित तरकारी खेतिमा सेभ द सप्तरीले जग्गा लिजमा लिएर गरिब अतिबिपन्न परिवारलाई आत्मनिर्भर गरउने उद्देश्यले खाद्य, बिउबिजन र सिँचाई सम्मको सुबिधा दिएर किसानहरुलाई सहयोग प्रदान गरिदै आएको छ ।
त्यहाँ कृषक समूहका अध्यक्ष पानोदेवी रजक सहित सदस्य अनिता राय, जिबछिदेवी, अमिरकादेवी रजक, शान्तिदेवी राय आलमदेवी रजकले करिब ४ बिगहामा सामुहिक तरकारी खेति गरेर उनीहरु आत्मनिर्भर बनेका छन ।
उनीहरु आफनो घरको कामकाज सकेर आफना छोरा÷छोरीको भबिष्य बनाउन पढाई खर्च जुटाउनका लागि तरकारी खेतिमा लागेको स्थानिय घनश्याम साहले बताउनुभयो ।
यस समुहलमा लागेकाहरु आप्mनो छोरा÷छोरीलाई पढाउने उदेश्यसहित परिवारमा खर्च बच्चत समेत गर्ने गरेको स्थानियबासी साहको भनाइृ छ ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीको कोशी पलारमा समेत स्थानिय कृषकहरुले तरकारी खेति गरेका छन । दिनारामभद्री कृषक समुहका अध्यक्ष देवरेनदेवी मुखियासहित १९ जना सदस्य मिलेर त्यहाँ तरकारी खेति गरिएको सेभ द सप्तरीका समुदायिक परिचालक मुनेश्वर मुखियाले जानकारी दिनुभयो ।
समुन्नती कार्यक्रम अन्र्तगत सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले बिभिन्न कृषक समुहलाई अनुदान दिएर सहयोग गरेको तरकारीबालीको स्थलगत अनुगमन समेत गरिएको छ ।
सो क्रममा एक टोलीले तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ कोइलाडीस्थित कोशी पलारमा दिनारामभद्री कृषक समूहले लगाएको तरकारीबालीको अनुगमन गरिएको छ ।
हाल दिनारामभद्री कृषक समुहले आफनै पहलमा तरकारी खेती बढाएर ५ बिगाहासम्म पु¥याएका छन ।
समुन्नती कार्यक्रमको जिविकोपार्जन मार्फत सेभ द सप्तरीले यस कृषक समुहलाई बिगत बर्षदेखि नै क्षमता अभिबृदि लगायतका तालिम र बिउ, बिजन, मलखाद र सिचाईका सामग्रीहरु लगायत कृषि सम्बन्धि बिभिन्न समानहरु प्रदान गरि सहयोग गर्दै आएको छ ।
सो क्रममा दलित महिलहरु तरकारी खेतिबाट आत्मनिर्भर,आफनो खेतबारीमा हरियो सागसबजी लगाएर स्थानियस्थरमा रहेका बजार सम्म तरकारी पु¥याउने गरिएको पाइएको छ ।
सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहकार्यमा संचालित समुन्नती कार्यक्रम जिविकोपार्जन अन्र्तगत सिमान्तकृत वर्गका अधिकाश दलितहरुलाई लक्षित गरि यहाँका सदा (मुसहर) र मलाहा (मुखिया) समुदायहरुका तरकारीबाली लगाइएको देखिएको छ ।
उक्त ठाउँमा तरकारीबालीमा बिशेष गरि फुल कोभी, बन्दाकोभी, भान्टा, खुर्सानी, टमाटर, आलु, मुला, रायो साग, लहरे तरकारी अन्र्तगतका वालीहरुरु फर्सी, लौका, करेला, वोडी, काक्रो लगायतका तरकारीहरु उत्पादन गरिदै अइरहेको समेत पाइएको तिलाठी कोइलाडी गाउँपालिकाका कृषि संयोजक उदयकान्त झाले बताउनुभयो ।
कृषि संयोजक उदयकान्त झा, सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साह, सेभ द सप्तरीका समुदायिक परिचालक बिनिता यादव र मुनेश्वर मुखिया र राससका प्रतिनिधि अरुणकुमार यादवसहितकाले सो अनुगमन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ