News Category 2071/02/21
सहिद साकेत पार्क नजिक नमुना शौचालय निर्माण सुरु
दैनिक संवाददाता
राजविराज, २० जेठ ।
राजविराजस्थित सहिद साकेत पार्कनजिकै सार्क राष्ट्रमै दोस्रो नमुना बालमैत्री, आपाङ्गमैत्री र लैङ्गिकमैत्री शौचालय निर्माण कार्य सुरु भएको छ ।
स्थानीय विकास मन्त्रालयको जगेडा कोषको सहयोगमा निर्माण कार्य सुरु भएको उक्त शौचालय सुरुमा राजविराजस्थित रुपनी मोडको छेउमा निर्माण गर्ने भनिए पनि राजविराज नगरपालिका र जिल्ला खेलकुद विकास समिति सप्तरीबीच जग्गाको विषयमा विवाद उत्पन्न भएपछि रोकिएको थियो ।
करिब रु १४ लाखको लागतमा राजविराज नगरपालिकाद्वारा निर्माण गरिने उक्त शौचालय जेठ महिनाभित्र सम्पन्न गरिने योजना रहेको सो नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिनुभयो ।
सो स्थानमा नमुना शौचालय निर्माणको काम सुरु हुनासाथ जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरूले उक्त जग्गा आफ्नो भएकाले तत्काल त्यसमा शौचालय निर्माण नगर्न नगरपालिका कार्यालयलाई दबाब दिएपछि शौचालय निर्माण रोकिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ