News Category 2077/10/18
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी

दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा संचालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलहरुमा वडा नं. २ लौनियाँ र वडा नं. ७ मन्सापुर विजयी भएको छ ।
सम्पन्न पहिलो खेलमा वडा नं. २ लौनियाँले वडा नं. ८ तोपालाई ६ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नं. ७ मन्सापुरले वडा नं. १ तिलाठीलाई २५ रनले पराजित गरेको छ ।
पहिलो खेलमा टस जितेर ब्याटिङ गर्दै गरेको तोपाले निर्धारित १६ ओभर ४ बलमा सबै विकेट गुमाई ८३ रन बनाएको थियो । जसमा सुनिल यादवले सर्वाधिक १२ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । लौनियाँका लागि दिनेश कुमार मण्डल र अजय मण्डलले २÷२ विकेट लिए ।
जितका लागि ८४ रन पछ्याएको लौनियाँ १२ ओभर ३ बलमा ४ विकेट गुमाई विजयी हालिस ग¥यो । लौनियाँका दुर्गानन्द मण्डलले सर्वाधिक २८ रन, दिनेश मण्डलले १२ तथा अभिमन्यु मण्डलले अविजित ११ रनको योगदान गरे ।
तोपाका लागि भरत दासले २ तथा रमेश यादव र रविन मण्डलले १÷१ विकेट लिए । उक्त खेलमा दिनेश मण्डललाई म्यान अफ द म्याच घोषित गरियो ।
यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नं. ७ मन्सापुरले १५ ओभर २ बलमा सबै विकेट गुमाई ९५ रन बनाएको थियो । जसमा धिरज मण्डलले १९, राजाराम मण्डलले १८ तथा रोशन मण्डलले १७ रनको योगदान दिएका थिए ।
तिलाठीका लागि मुकुन्द मोहन मिश्र र श्रवणले २÷२ तथा लक्ष्मी राय, निरज यादव र दिनेश यादवले १÷१ विकेट लिए ।
जितको लागि ९६ रनको लक्ष्य पाएको तिलाठीले १७ ओभरमा सबै विकेट गुमाई ७० रन मात्र बनाउन सक्यो । तिलाठीका लागि लक्ष्मी रायले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । मन्सापुरका लागि राजकुमार मण्डलले ४, सुबोध मण्डलले ३ तथा अजय मरिक र धिरज मण्डलले १÷१ विकेट लिए । उक्त खेलमा मन्सापुरका राजकुमार मण्डललाई म्यान अफ द म्याच घोषित गरियो ।
प्रतियोगिता अन्तर्गत सोमबार वडा नं. ४ कोइलाडीर वडा नं. २ लौनियाँबीच पहिलो खेल तथा दोस्रो खेल वडा नं. ३ सकरपुरा र वडा नं. ७ मन्सापुरबीच हुने प्रतियोगिता संयोजक राजेश कुमार झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ