News Category 2077/10/21
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो

दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा संचालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ कोइलाडीले दोश्रो पटक हात पारेको छ ।
गत वर्षको विजेता समेत रहेको कोइलाडीले वडा नं. ३ सकरपुरालाई २१ रनले पराजित गर्दै लगातार दोस्रो बर्ष सो उपाधी हात पार्न सफल भएको हो ।
प्रतियोगिताको तेस्रो संस्करणको बुधबार सम्पन्न फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको कोइलाडीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाई १ सय २५ रन बनाएको थियो । जसमा कप्तान मो. गुड्डुले २९, परमेश्वर मण्डलले २८, रोबिन सिंहले १५, रोहित सिंहले १४ तथा रोशन मण्डलले अविजित ११ रनको योगदान गरेका थिए । सकरपुराको लाागि साकेत सिंहले ४ ओभरमा १९ रन दिई ३ विकेट लिए भने प्रदिप मण्डल र सुरज मण्डलले १÷१ विकेट लिएका थिए ।
१ सय २६ रनको लक्ष्य पाएको सकरपुरा २० ओभरमा ५ विकेट गुमाई १ सय ४ रनमै सिमित भएको थियो । सकरपुराका लागि साकेत सिंहले अविजित ३५ रन बनाए भने, अमित मण्डलले २८ र सुरज मण्डलले २३ रनको योगदान दिएका थिए । कोइलाडीका लागि रोशन मण्डलले २ तथा जुगनु मण्डल र रोहित सिंहले १÷१ विकेट लिएका थिए । उक्त खेलमा कोइलाडीका रोशन मण्डललाई म्यान अफ द म्याच प्रदान गरियो ।
माघ १० गतेदेखी सुरु भएको उक्त प्रतियोगितामा वडा नं. ५ को. बर्साइनका दिपेश सरदार म्यान अफ द सिरिज, सकरपुराका अमित मण्डल वेस्ट ब्याटस्म्यान, कोइलाडीका जुगनु मण्डल वेस्ट बलर तथा को. बर्साइनका राजेश रजकलाई इमर्जिङ प्लेयरको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेशकुमार झाले जानकारी दिए ।
प्रतियोगिता समापनको अवसरमा गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, उपाध्यक्ष सुचिता कुमारी यादव, वडा अध्यक्षहरु मनोज चौधरी, गोपी मण्डल, राजेन्द्र साह र गुलाब सिंह, कार्यपालिका सदस्यद्वय दामोदर मुखिया र रिता साह, सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, पूर्व खेलाडी राजकुमार दाससहितकाले विजेता, उप विजेता लगायतको ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ