News Category 2071/02/22
१८ राजनीतिक दलले विभिन्न योजनाहरुको अनुगमन गर्ने रकम फ्रिज हुन नदिन आग्रह
दैनिक संवाददाता
राजविराज, २१ जेठ ।
सप्तरीका विभिन्न १८ वटा दलहरुको बुधबार सम्पन्न बैठकले जिल्लाको विभिन्न विकासीय कार्यालयहरुको योजनाको अनगमन, विद्युत अनियमितता सम्बन्धी विभिन्न निर्णय गरेको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलद्वारा जारि गरिएको विज्ञप्तिमा जिल्लाको विभिन्न गाविसको निकासामा विभिन्न अवरोधहरु भइरहेको जनगुनासो आइरहेको हुँदा त्यस्ता गाविसहरुले माग गरेबमोजिको निकासा अविलम्ब दिन आग्रह गरिएको छ ।
त्यसैगरि जिल्ला विकास समिति अन्तरगतको योजनाहरु तथा अन्य कार्यक्रमहरुको प्रतिलिपि दिन तथा सबै राजनीतिक दल तथा सरोकारवालाहरुलाई योजना अनुगमन र सुपरिवेक्षण गर्नका जिविस सप्तरीसँग माग गरिएको छ । त्यसैगरि गाविस सचिव तथा जिविस सप्तरीको लापरवाहीका कारण बजेट फ्रिज भएमा त्यसको सम्पूर्ण जवाफदेही सम्बन्धीत निकायले स्वयम हुने जनाइएको छ ।
त्यस्तै सो बैठकले जिल्लाको सम्पूर्ण विकासिय कार्यालयको चालु आ.व.मा संचालन भइरहेको योजनाहरु के कहाँ संचालन भइरहेको बारे जानकारी राजनीतिक दलहरुलाई दिन आग्रह गरिएको छ ।
त्यसैगरि जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा प्रत्येक महिनाको कम्तिमा एक पटक सर्वदलिय बैठक विगतमा हुने गरेकोमा हाल केही महिनादेखी बैठक नबसेकोमा यथासिघ्र बैठक बोलाउन माग गरिएको छ । त्यसैगरि विद्युत प्राधिकरणले लोडसेडिङको तालिका अनुसार जिल्ला भरिका गाविसहरुमा विद्युत दिनुपर्नेमा विद्युत अवरुद्ध भएको प्रति ध्यानाकर्षण गर्दै त्यसलाई अविलम्ब सूचारु नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ