News Category 2071/02/22
सरसफाइ सप्ताह अन्तरगत आजदेखी बिभिन्न कार्यक्रम संचालन हुदै
दैनिक संवाददाता
राजविराज, २१ जेठ ।
“खुलादिशा मुक्त गर्दै अघि बढ््रयो नेपाल, सफा सुन्दर गाँउ सहर तराई, पहाड, हिमाल” भन्ने मुल नाराका साथ सरसफाइ सप्ताहको अवसरमा सबल नेपालले बिहीबारदेखि बिभिन्न कार्यक्रमका साथ सरससफाइ सप्ताह संचालन गर्ने भएको छ ।
सो कार्यक्रम जेठ २८ गते सम्म संचालन हुने सबल नेपालले जनाएको छ ।
कार्यक्रम अन्र्तगत राजबिराज नगरपालिका तथा सबल नेपालको संयुक्त आयोजनामा पहिलो दिन वातावरण दिवसलाई समेत मध्यनजगर गर्दै राजविराज वडा नं. ३ मा वातावरण तथा सरसफाइ सम्बन्धि छलफल कार्यक्रम गर्ने जनाइएको छ ।
त्यसतै दोश्रो दिन नगरका बिभिन्न स्थानमा सरसफाइ सम्बन्धि ब्यानर लगाई हस्ताक्षर संकलन अभियान, तेश्रो दिन साबुन पानीले हात धुने सम्बन्धी सार्वजनिक स्थानमा अभियान संचालन, चौथो दिन चर्पी सम्बन्धी राजविराज वडा नं.४ का नागरिक सचेतना केन्द्रका महिलाहरुलाई अभिमुखिकरण कार्यक्रम गर्ने जनाइएको छ ।
त्यसैगरि पाचौ दिन नगरस्तरीय बालसंजालद्धारा सरसफाइ सम्बन्धी चेतना मुलक नाटक, छैठो दिन नगर स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति र पत्रकार स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति बिच मैत्रीपुर्ण फुटबल खेल तथा अन्तिम दिन सरसफाइ ¥याली तथा नगरका होटलहरुमा सावुन पानीको प्रयोगवारे जानकारी गराई सावुन बितरण गर्ने कार्यक्रम रहेको सबल नेपालका निर्देशक दिपक कुमार झाले जानकारी दिनु भएको छ ।
त्यसैगरि सरसफाइ सप्ताहकै अवसरमा ग्लोबल सेनिटेशन फण्डको सहयोग तथा वेल र सबल नेपालको आयोजनामा कार्यक्रम लागु भएका बिभिन्न बिभिन्न गाबिसका १२ बिद्यालयमा सरसफाइ सम्बन्धि ७ दिने कार्यक्रम समेत संचालन गर्ने सबल नेपालका अशोक साहले जानकारी दिनुभयो ।
साथै जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीको सहयोगमा सबल नेपालद्धारा बिभिन्न १० गाबिसमा सरसफाइ सप्ताह संचालन गर्ने उहाँले जानकारी दिनुभयो ।
स्मरण रहोस सप्तरी जिल्लालाई सन २०१६ मै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ संचालन गरिएको उक्त कार्यक्रम अन्र्तगत राजबिराज नगरपालिकाले अगामि आ.व. भित्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ