News Category 2077/11/09
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा संचालित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा आयोजित ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
प्रतियोगिताको अन्तिम दिन पुरुषतर्फ भएको १३ प्रतिस्पर्धामध्ये ७ प्रतिष्पर्धामा नेपालका पहलमान तथा ६ प्रतिष्पर्धामा भारतीय पहलमान बिजयी भएका छन् ।
यस्तै महिलातर्फको भएको ५ अन्तिम प्रतिष्पर्धामा भारतीय पहलमानले ३ तथा नेपाली पहलमानले २ प्रतिष्पर्धामा जित हात पारेका छन् ।
विभिन्न तौल समूहमा गरि पुरुषतर्फ २६ र महिलातर्फ १० गरि कुल ३६ प्रतिस्पर्धा भएकोमा पुरुषतर्फ १६ र महिलातर्फ ४ नेपाली पहलमान बिजयी भएका छन् । यस्तै पुरुषतर्फ १० र महिलातर्फ ६ भारतीय खेलाडी बिजयी भएका छन् ।
प्रतियोगिता समापनपछि आयोजक समितिका अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित समारोहमा पूर्वसभासद् एवं नेकपाकी केन्द्रिय सदस्य रन्जु ठाकुर, डा अनिल कुमार झा तथा प्रदेशसभा सदस्य मनिष सुमनलगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
सरस्वती पुजा तथा बसन्त पंचमीको अवसर पारेर विगत ११ वर्षदेखी पूजा तथा मेला समितिले तिलाठी निवासी स्व. मिश्रको स्मृति एवं सम्मानमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ