News Category 2077/11/09
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा संचालित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा आयोजित ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
प्रतियोगिताको अन्तिम दिन पुरुषतर्फ भएको १३ प्रतिस्पर्धामध्ये ७ प्रतिष्पर्धामा नेपालका पहलमान तथा ६ प्रतिष्पर्धामा भारतीय पहलमान बिजयी भएका छन् ।
यस्तै महिलातर्फको भएको ५ अन्तिम प्रतिष्पर्धामा भारतीय पहलमानले ३ तथा नेपाली पहलमानले २ प्रतिष्पर्धामा जित हात पारेका छन् ।
विभिन्न तौल समूहमा गरि पुरुषतर्फ २६ र महिलातर्फ १० गरि कुल ३६ प्रतिस्पर्धा भएकोमा पुरुषतर्फ १६ र महिलातर्फ ४ नेपाली पहलमान बिजयी भएका छन् । यस्तै पुरुषतर्फ १० र महिलातर्फ ६ भारतीय खेलाडी बिजयी भएका छन् ।
प्रतियोगिता समापनपछि आयोजक समितिका अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित समारोहमा पूर्वसभासद् एवं नेकपाकी केन्द्रिय सदस्य रन्जु ठाकुर, डा अनिल कुमार झा तथा प्रदेशसभा सदस्य मनिष सुमनलगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
सरस्वती पुजा तथा बसन्त पंचमीको अवसर पारेर विगत ११ वर्षदेखी पूजा तथा मेला समितिले तिलाठी निवासी स्व. मिश्रको स्मृति एवं सम्मानमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ