News Category 2071/02/25
पा“च दिने पत्रकारिता तालिम सुरु
राजविराज÷पत्रकारिताको विकासमा ठेवा पुग्ने उद्देश्यले शनिबारदेखी राजविराजमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले पत्रकारिता क्षेत्रमा एउटा नयाँ आयामको विकास हुने अपेक्षा गरेको बताउनुभएको छ ।
उहाँले पत्रकार समाजको ऐना भएको भन्दै यस क्षेत्रमा लागेका प्रत्येकले ऐनामा देखिने प्रष्टता जस्तै उनीहरुले पनि स्पष्ट रुपमा काम गरे समाजप्रतिको दायित्व बहन गर्न सकिने बताउनुभयो ।
सोही कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी सुरेश राउतले पत्रकारिता सेवा मुलक व्यवसायी रहेको बताउँदै यसमा चुनौति र अवसर दुबै रहेको बताउनुभएको छ । उहाँले तालिमको उपयोगिता बारे चर्चा गर्दै सिकेको सीपलाई व्यबहारमा उतारे मात्र तालिमको उपादयता प्रमाणित हुने बताउनु भयो ।
यसैगरि वरिष्ठ पत्रकार अनिलकुमार अनलले पत्रकारितामा समाज परिवर्तन गर्ने क्ष्मता रहेको बताउँदै यसको सही सदउपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले पत्रकारिता तालिमले बोधो तरवारलाई उद्ययाए जस्तै व्यक्तिमा रहेको क्षमता र शीपलाई तिखार्ने काम गर्ने बताउँदै समाजको विकासमा पत्रकारिताको अहम भूमिका रहने बताउनुभयो ।
सोही तालिमको उद्घाटन सत्रमा वक्ताहरुले पत्रकारिता पेशलाई मर्यादित बनाउन आग्रह गर्दै यसलाई अझ स्वच्छ र स्वतन्त्र बनाउनु पर्नेमा जोड दिनुभयो ।
जिल्ला विकास समितिको कार्यालयको सहयोग तथा कंकालिनी संचार समूहद्वारा आयोजना तालिमको उद्घाटन कार्यक्रमको अध्क्षता समूहका अध्यक्ष गजेन्द्र कुमार मण्डलले गर्नुभएको थियो भने कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला प्राविधिक कार्यालयका प्रमुख किशोर कुमार साह, खानेपानी तथा सरसफाईडिभिजन कार्यालय राजविराजका इन्जिनियर राजकमार यादव, तालिमका प्रशिक्षक सुरेन्द्र प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघका सल्लाहकार जितेन्द्र खड्गा, मानवअधिकारकर्मी शम्भुनन्द चौधरी, प्रेस युनियन सप्तरीका कार्यवाहक अध्यक्ष रामनारायण विश्वास, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेन्द्र मण्डल, पत्रकार नवीन कुमार गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
मधेशी पत्रकार समाजका जिल्ला सचिव आमेन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन पत्रकार महासंघका सदस्य संजिवविक्रम साहले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ