News Category 2077/11/13
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी
दैनिक समाचारदाता
राजबिराज, १३ फागुन ।
मेयर कप सप्तरी प्रिमियर लिगको (एसपीएल) को तेश्रो संस्करण आगामी चैत ५ गतेदेखी राजविराजमा सुरु हुने भएको छ ।
राजविराज नगरपालिकाको सहयोगमा आयोजना हुने उक्त प्रतियोगिताको सप्तरी क्रिकेट संघले आयोजन गर्दैछ ।
प्रतियोगितामा ५ वटा पÞ्रmेन्चाइज् टिमहरु सहभागीता रहने छन् । डिफेन्डिङ च्याम्पियन डाक्नेश्वरी ड्रागन, रुपनी राइडर्स, तिलाठी कोइलाडी, बोदेबर्साइन थन्डर्स र बजाज खडक वारियर्सको सहभागिता रहने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
“बिगतको दुईवटा संस्करण भन्दा यस पटक प्रतियोगिता स्तरीय र भव्य हुनेछ, संघका अध्यक्ष श्रेष्ठले भने, प्रत्येक वर्ष आयोजनाको स्तर बढाउदै लगेका छौँ ।”
यस पटक लिगमा राष्ट्रिय खेलाडीहरुको संख्या बढ्ने बताउदै श्रेष्ठले एउटा टिमले अन्तिम ११ मा ५ जना जिल्ला बाहिरका खेलाडीहरु समाबेश गर्न पाउने प्रावधान रहने पनि जानकारी दिए ।
लिगको अघिल्लो संस्करण अन्तर्राष्ट्रिय खेलाडी महबुब आलमसहित राष्ट्रिय क्रिकेटरहरु सुनिल धमला, मन्जित श्रेष्ठ, राजेश पुलामी, नन्दन यादव, प्रेम तामाङ, हसिम अन्सारी, पुष्प थापा, अविनाश कर्ण, हरिशंकर शाह जस्ता राष्ट्रिय खेलाडीहरु लिगमा बिभिन्न टिममा आवद्ध रहेका थिए ।
अध्यक्ष श्रेष्ठका अनुसार यस पटकको प्रतियोगिताका लागि टिकटको व्यवस्था रहेको तथा ती खेलहरु स्थानिय राजरंगशालामा खेलाइने जानकारी दिए । यसअघि प्रतियोगिता पबि स्कुलको खेल मैदानमा आयोजना हुँदै आएको थियो ।
प्रतियोगिताको विजेता टिमले ३ लाख राशी पुरस्कार पाउने तथा अन्य पुरस्कारको रकममा समेत वृद्धि गरिने उनको भनाई छ । यसअघि बिजेता टिमका लागि १ लाख पुरस्कार राखिएको थियो ।
सप्तरी प्रिमियर लिगको पुरुष संस्करण पछि महिलाहरुको पनि लिग लगत्तै आयोजना हुने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिएका छन् । अघिल्लो संस्करण डाक्नेश्वरी ड्रागनले रुपनी राइडर्सलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ