News Category 2077/11/19
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
लायन्स क्रिकेट एकेडमी राजबिराज ५ द्वारा संचालित राजबिराज प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो दिनको पहिलो खेलमा तिलाठी कोईलाडीले राजबिराज वडा ११ लाई ६ बिकेटले र खडकले राजबिराज १ लाई ४३ रनले पराजित गरेको छ ।
स्थानिय पबि माबिको खेलमैदानमा सम्पन्न पहिलो खेलमा टस जितेर राजबिराज नपा ११ ले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ३० रनको योगफल खडा गरेको थियो । जसमा टिमका लागि संतोष खडगा ३७ रन, पारस यादब अविजित २२ र सचिन यादब ले ३० रनको योगदान गरेका थिए ।
बलिंगतर्फ तिलाठी कोईलाडीका सुरज मण्डलले ३ विकेट, दिपेश सरदार, अजय मरिकले १ विकेट हात पारेका थिए ।
जवाफमा तिलाठी कोईलाडीले १६ ओभर ५ बलमा ४ बिकेट गुमाएर बिजय हासिल गरेको थियो । जसमा टिमका लागि दिपेश सरदारले अविजित ३४ रन, साकेत सिँह २८ सुरज मण्डल २५ तथा लक्ष्मी रायले १३ रन बनाएपछि जित सहज भएको हो ।
बलिँगतर्फ राजबिराज ११ का अमन यादब २ तथा सचिन यादव र संतोष खडगाले समान्य १/१ बिकेट हात पारे । सो खेलको म्यान अफ दि म्याच तिलाठी कोईलाडीका सुरज मण्डल घोषित भए ।
यस्तै बुधवारै सम्पन्न दोस्रो खेलमा राजबिराज १ लाई ४३ रनले पराजित गर्दै खडक नगरपालिका बिजय भएको छ ।
टस जितेर खडक ले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ३१ रनको योगफल खडा गरेको थियो । जसमा आशिष झा ३३ रन, पप्पु साह २३, मिकु मण्डल अबिजित १४ तथा प्रशान्त रायले १६ रन जोडेका थिए ।
बलिंग तर्फ राजबिराज १ का संतोष सिँह ३ बिकेट, मोहम्मद अजाद २ बिकेट तथा उदित राय, सिमान्त रायले समान्य १/१ बिकेट हात पारेका थिए ।
जवाफमा १ सय ३१ रनको लक्ष्य लिएका राजबिराज वडा १ ले १५ ओभर ५ बल खेल्दै सबै बिकेट ८८ रन मै सिमित रहेका थिए । जसमा निरज यादब २८ रन, संजय यादब ११ तथा चन्द्रप्रकाश र अजय यादबले १०/१० रन जोडे पनि जित हासिल गर्न सकेन ।
यता बलिँगतर्फ खडक नगरपालिका टिमका अजय यादब ४ बिकेट तथा निकु मण्डल/मनिष मण्डल/प्रशान्त सिँह ले समान्य २/२ बिकेट लिएपछि जित सहज भएको हो । सो खेलमा बिजय टिमका अजय यादब म्यान अफ दि म्याच घोषित भएको आयोजक समितिका तिर्थ नारायण दासले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ