News Category 2070/03/13
विवाह गरेको भोलिपल्टै बेहुला बन्धक, प्रहरीले गरायो मुक्त
दैनिक संवाददाता
राजविराज, १२ असार ।
सामाजिक परम्परा अनुसार विवाह गरेको भोलिपल्टै सप्तरीको एक युवकलाई बन्धक बनाइएको छ । हात, खुट्टा बाँधेर तथा मुखमा कपड खोचेर बन्धक बनाइएका युवकलाई प्रहरीले मुक्त गराएको छ ।
जिल्लाको लालापट्टी गाविसका युवकले नर्घाे गाविसकी युवतीलाई विवाह गरी ल्याएर घरमा राखेकै दिन उनी बन्धक बनाइएको अवस्थामा फेला परेका हुन् । मुखमा लागेको पट्टीलाई युवकले दाँतबाट काटेर चिच्याएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । पछि वड प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मुक्त गराएको हो ।
लालापटट्ी गाविस ३ बस्ने २२ बर्षीय शाकेश पण्डित विवाह गरेको भोलिपल्टै राजविराज ६ स्थित पाठक निवासमा बन्धक बनाइएको अवस्थामा फेला परेका हुन् ।
सोमबार रााति नर्घाे गाविसकी एक युवतीसँग सामाजिक परम्परा अनुसार विवाह गरेका शाकेशलाई बन्धक बनाउने युवकको पहिचान हुन सकेको छैन् ।
बन्धक मुक्त भएका शाकेशले आफ्नी श्रीमतिसँगै लोकन्तीमा आएका युवकले राजविराजसम्म छाडिदिन आग्रह गरेपछि मोटरसाइकलमा लिएर आएको बताए । उनले राजविराज आएपछि ती युवकले आफ्नो कोठाभित्र जान आग्रह गर्दै लिएर गएको बताए । कोठाभित्र गएपछि पानी खान दिएको र केहि बेरमै अन्य युवकहरुलाई बोलाएर आफ्नो हातखुट्टा बाँध्दै मुखमा कपडा कोचेको शाकेशले जानकारी दिए ।
दिउँसो २ बजेतिर बन्धकमा परेर राति ६ बजेतिर बल्लतल्ल मुखभित्रको कपडा दाँतले च्यात्दै फयाँकेर चिच्याएपछि स्थानीयहरुले प्रहरी मार्फत उद्धार गराएको उनको भनाई छ ।
श्रीमतिको लोकन्ति आएका व्यक्तिको नाम समेत थाहा नभएका शाकेशले उनलाई छोड्न राजविराज आएका थिए । ती युवकको नाम थाहा हुन नसकेपनि बन्धक बनाइएकै कोठाभित्र रहेको फोटा एल्बमबाट उनको तस्वीर निकालिएको छ । तस्वीरको मद्दतले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसो गर्नुको कारण खुल्न नसकेपनि बन्धक बनाउने युवक शाकेशले विवाह गरेको युवतीको पूर्व प्रेमी हुन सक्ने प्रहरीको आशंका रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ