News Category 2077/11/24
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल
दैनिक समाचारदाता
जनकपुरधाम, २४ फागुन ।
१११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत १ हजार ५ सय छात्राहरुलाई साइकल वितरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजना गरेको समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २ हजार ७ सय विद्यालयका कक्षा ८ मा अध्ययनरत १ हजार ५ सय २० छात्राहरुलाई साइकल वितरण गरेका छन् ।
साइकल वितरण लस्समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताउँदै यसका लागि प्रदेश भरि रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको उनले जानकारी दिए ।
प्रदेशका छोरीहरुलाई शिक्षित सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडी बढाएको बताउँदै उनले शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेका महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।
महिला हिंसा, दाइजो प्रथा, वालविवाह जस्ता कुरीति विरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने धारणा राख्दै एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानूनको खाँचो मुख्यमन्त्री राउतले औंल्याए । उक्त कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई सम्मान समेत गरिएको छ ।
बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत यस वर्ष पनि कक्षा ८ मा अध्ययनरत्त २० हजार छात्राहरुलाई साइकल वितरण गर्न लागिएको छ । यसअघि २०७५/०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई सो अभियान अन्र्तगत साइकल वितरण गरिएको थियो ।
उपसभामुख उपमा देवको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ