News Category 2071/02/29
हात्त धुवाउदै सरसफाइ सप्ताह सम्पन्न
दैनिक संवाददाता
राजविराज, २८ जेठ ।
“खुला दिसा मुक्त गर्दे अघि वढयो नेपाल, सफा, सुन्दर गाँउ, शहर तराइ, पहाड, हिमाल भन्ने मुल नाराका साथ बुधबार १५ औं राष्ट्रिय सरसफाइ सप्ताह सम्पन्न भएको छ ।
जेष्ठ २२ गतेदेखि संचालन भएको सरसफाई सप्ताह राजबिराज नगरको बिभिन्न होटल ब्यावसायीहरुलाई सहि तरिकाले हात्त धुवाउदै तथा सावुन बित्तरण गर्दै समापन गरिएको छ ।
राजबिराज नगरपालिका तथा सबल नेपालको संयुक्त आयोजनामा संचालित उक्त कार्यक्रममा सबल नेपालका परमेश्वर कुमार झा, अशोक साह र राजबिराज नगरपालिकाका कार्यक्रम अधिकृत प्रफुल्ल कुमार श्रेष्ठ, नायव सुब्बा कल्पना देव, जिल्ला प्रहरि कार्यालय सप्तरीका असई मिन बहादुर तामाङ लगायतले सहि तरिकाले हात धुने बिद्यि वारे तथा हात्त नधुनाले लाग्ने बिभिन्न रोगबारे जानकारी गराउदै सहि तरिकाले हात धुनाले ४४ प्रतिशत रोगमा कमी आउने सर्वसाधारण तथा होटल ब्यवसायीलाई जानकारी दिनुभयो । सोही कार्यक्रममा होटल ब्यवसायीलाई सावुन समेत बितरण गरिएको थियो ।
गत २२ गते देखि संचालन भएको उक्त कार्यक्रम अन्र्तगत पहिलो दिन वडा नं. ३ मा ¥याली सहित अन्तरकृया कार्यक्रम, दोश्रो दिन राजबिराज नगरवासिद्धारा सन २०१६ मै खुल्ला दिसा मुक्त क्षेत्र घोषण गर्ने प्रतिवद्धतामा हस्ताक्षर संकलन, तेश्रो दिन सावुन पानीले हात्तधुने अभियान, चौथो दिन वडा नं. ४ का नागरिक सचेतना केन्द्रका प्रतिनिधीलाई सरसफाइ सम्बन्धी गोष्ठी, पाँचौ दिन नगरस्तरीय बाल संजालद्धारा सडक नाटक, छैठो दिन पत्रकार स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति तथा नगरस्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति बिच मैत्रीपुर्ण फुटवल समेत समापन गरिएको थियो ।
कार्यक्रम अन्र्तगत सहयोग गर्ने सम्पुर्ण नगरवासि, पत्रकार, सरोकारवाला लगायत सवैलाई कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न सहयोग गरेकोमा राजबिराज नगरपालिका तथा सबल नेपालद्धारा कृतज्ञता समेत ब्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ