News Category 2077/12/01
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा

दैनिक समाचारदाता
राजविराज, १ चैत ।
राजविराजमा संचालित देवसुन्दर स्मृती प्रथम महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगतामा नेपाल प्रहरीले अग्रता कायम राखेको छ । दोश्रो दिन आइतबार उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी अग्रस्थानमा पुगेको हो ।
नेपाल प्रहरीले पहिलो दिन एक तथा दोश्रो दिन महिलातर्फ ८ र पुरुषतर्फ एक स्वर्ण थप्दै १० स्वर्ण पदक हात पारेको छ ।
यस्तै बर्दियाले ७ स्वर्ण, नेपाल सेना, बाँके र सशस्त्र प्रहरी तथा सप्तरीले ३/३ स्वर्ण तथा कंचनपुर र कास्कीले २/२ स्वर्ण हात पारेका छन् । दाङ र पर्साले १/१ स्वर्ण जितेका छन् ।
दोश्रो दिनका बिजेता खेलाडीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पुरस्कार बितरण गरेका छन् ।
जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा सात वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका गरि १ सय २० खेलाडीको सहभागिता रहेको छ भने महिला तर्फ १७ र पुरुषतर्फ विभिन्न १८ तौल समूहमा प्रतिष्पर्धा भइरहेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको अन्य बाँकी प्रतिस्पर्धा आइतबार राती अबेर सम्म जारि नै रहने भएकाले अन्तिम नतिजा सोमबार बिहान मात्र आउने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ