News Category 2077/12/01
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
राजविराजमा संचालित देवसुन्दर स्मृती प्रथम महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगतामा नेपाल प्रहरीले अग्रता कायम राखेको छ । दोश्रो दिन आइतबार उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी अग्रस्थानमा पुगेको हो ।
नेपाल प्रहरीले पहिलो दिन एक तथा दोश्रो दिन महिलातर्फ ८ र पुरुषतर्फ एक स्वर्ण थप्दै १० स्वर्ण पदक हात पारेको छ ।
यस्तै बर्दियाले ७ स्वर्ण, नेपाल सेना, बाँके र सशस्त्र प्रहरी तथा सप्तरीले ३/३ स्वर्ण तथा कंचनपुर र कास्कीले २/२ स्वर्ण हात पारेका छन् । दाङ र पर्साले १/१ स्वर्ण जितेका छन् ।
दोश्रो दिनका बिजेता खेलाडीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पुरस्कार बितरण गरेका छन् ।
जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा सात वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका गरि १ सय २० खेलाडीको सहभागिता रहेको छ भने महिला तर्फ १७ र पुरुषतर्फ विभिन्न १८ तौल समूहमा प्रतिष्पर्धा भइरहेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको अन्य बाँकी प्रतिस्पर्धा आइतबार राती अबेर सम्म जारि नै रहने भएकाले अन्तिम नतिजा सोमबार बिहान मात्र आउने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ