News Category 2077/12/06
विपद् न्युनिकरणका लागि जनचेतना आवश्यक
प्राकृतिक विपदका घटनाहरुबाट सप्तरी हरेक वर्ष प्रभावित हुने गरेको छ । प्राकृतिक विपद भन्नाले आगलागि, बाढी, चिसो लगायत पर्दछ । यी मध्ये सप्तरीमा सबैभन्दा बढी बाढी र त्यसपछि आगलागिका घटनाहरु मानिसहरु बढी प्रभावित हुने गर्दछ । फागुनदेखी बैशाख महिनासम्म हावाहुरी आउने मौसम रहेकोले यस अवधीमा आगलागिका घटना बढी मात्रामा हेन गर्दछ । यसप्रति सबै जनता सचेत रहनु पर्ने आवश्यक छ ।
प्रत्येक वर्ष जिल्लामा आगलागिबाट करोडौं मुल्य बराबरको धनको क्षति हुनुका साथै पशुचौपाया तथा मानिसहरु घाइते र मृत्यु समेत हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । हावाहुरी चलेको अवस्थामा जनता आफै संवेदनशिल भई सकभर आगो नबाल्नु नै उपयुक्त हुन्छ । बालबालिकालाई सलाई, लाइटर तथा प्रज्जवलनशिल बस्तुबाट टाढा राख्नु अभिभावक गम्भिर हुनुपर्दछ । यसबाहेक हावाहुरी चलेको बेला विद्युतीय सप्लाई मेनलाइनबाटै काट्न सके आगलागिका घटनाबाट बच्न सकिन्छ । प्राय गरि गाउँघरमा पराल तथा कच्ची घर रहेकाले उनीहरुले झनै सावधानी अपनाउनु आवश्यक छ ।
हुन त प्राकृतिक विपद कसैलाई भनेर आउँदैन् मात्र मानिसहरु त्यसप्रति सचेत रहनुका साथै घटना हुनबाट बच्ने उपाय रोज्नु पर्दछ । तसर्थ यस्ता घटनाप्रति सम्पूर्ण पालिकाहरुले सचेतनामूलक कार्यक्रम संचालनमा ल्याई गाउँ गाउँमा जनचेतना फैलाउन अग्रसरता देखाउनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ