News Category 2077/12/06
विपद् न्युनिकरणका लागि जनचेतना आवश्यक
प्राकृतिक विपदका घटनाहरुबाट सप्तरी हरेक वर्ष प्रभावित हुने गरेको छ । प्राकृतिक विपद भन्नाले आगलागि, बाढी, चिसो लगायत पर्दछ । यी मध्ये सप्तरीमा सबैभन्दा बढी बाढी र त्यसपछि आगलागिका घटनाहरु मानिसहरु बढी प्रभावित हुने गर्दछ । फागुनदेखी बैशाख महिनासम्म हावाहुरी आउने मौसम रहेकोले यस अवधीमा आगलागिका घटना बढी मात्रामा हेन गर्दछ । यसप्रति सबै जनता सचेत रहनु पर्ने आवश्यक छ ।
प्रत्येक वर्ष जिल्लामा आगलागिबाट करोडौं मुल्य बराबरको धनको क्षति हुनुका साथै पशुचौपाया तथा मानिसहरु घाइते र मृत्यु समेत हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । हावाहुरी चलेको अवस्थामा जनता आफै संवेदनशिल भई सकभर आगो नबाल्नु नै उपयुक्त हुन्छ । बालबालिकालाई सलाई, लाइटर तथा प्रज्जवलनशिल बस्तुबाट टाढा राख्नु अभिभावक गम्भिर हुनुपर्दछ । यसबाहेक हावाहुरी चलेको बेला विद्युतीय सप्लाई मेनलाइनबाटै काट्न सके आगलागिका घटनाबाट बच्न सकिन्छ । प्राय गरि गाउँघरमा पराल तथा कच्ची घर रहेकाले उनीहरुले झनै सावधानी अपनाउनु आवश्यक छ ।
हुन त प्राकृतिक विपद कसैलाई भनेर आउँदैन् मात्र मानिसहरु त्यसप्रति सचेत रहनुका साथै घटना हुनबाट बच्ने उपाय रोज्नु पर्दछ । तसर्थ यस्ता घटनाप्रति सम्पूर्ण पालिकाहरुले सचेतनामूलक कार्यक्रम संचालनमा ल्याई गाउँ गाउँमा जनचेतना फैलाउन अग्रसरता देखाउनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ